back
CTIZAN AD

‘घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

वि.सं.२०७७ साउन २५ आइतवार

747 

shares

२५ साउन, दार्चुला । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत पिथौरागढको डिडिहाटबाट धार्चुला हुँदै शनिबार दार्चुला छिर्नुभयो । गत मङ्सिरमा मजदुरी गर्न डिडिहाट पुगेका उनीहरुका परिवार स्वदेश छिरे पनि पटक्कै खुशी छैनन् । भारतमा हातमुख जोड्न परिवारका साथ गएका उनीहरुले चार महिना मात्रै काम गर्न पाए । गत चैत ११ गतदेखि बन्दाबन्दीले काम गर्न पाएनन् ।

“बन्दाबन्दी भएको पनि चार महिना बढी भयो । काम गरेको ज्याला ठेकेदारले पनि दिएको छैन । छाक टार्न खाद्यान्नको जोहो ग¥यो, घर आउन खर्च दिएको छैन ।” उनले भने, “मजदुरी गरेको पैसा नदिएपछि केही गाउँले डिडिहाटमै बसेका छन् भने १८ जनाको टोली घर जान भन्दै दार्चुला खलङ्गा पुगेका छन् ।”

दार्चुला र धार्चुला जोड्ने झोलुङ्गे पुल तर्दै खलङ्गा खुलामञ्चमा आइपुगेका उनीहरु भोकभोकै बसेका छन् । कोरोनाको त्रासका बीच उनीहरुलाई सहयोग गर्न कोही पुगेका छैनन् । ताराका श्रीमान् तिलमान शाही उनी नजिकै घाममै सुतेका थिए । छोरा खेल्दै थियो । ठूलो भारीसँगै पल्टिएका उनीहरुमा स्वदेश छिरेकामा झन् पछुतो छ । सरकारले उद्धार गर्ला भनेरै जन्मस्थान आएका उनीहरु पानीसमेत खान नपाई खुला ठाउँमा बस्न विवश छन् ।

सिञ्जा–६ कै राजीनन्दा आचार्यको भारतमा मजदुरी गर्न जाँदा छोरी प्रियङ्का चार महिनाकी थिइन् । अहिले १० महिना भएको छ । दूधे बालकसहित मजदुरी गर्न डिडिहाट पुगेका उनको अनुहार मलिन छ । जेठी छोरी दिया पाँच वर्षकी भइन् । बूढाबूढी मजदुरी गर्न आएका थियौँ, बन्दाबन्दीले काम गर्न पाइएन । “घरको चुलो बाल्नसमेत समस्या भएको छ । काम गरेर पनि पैसा पाइएन । जेठी छोरीले कान्छी छोरी हेर्ने, श्रीमान् हरिचन आचार्य र आफूले काम गरेको पैसा पनि पाएका छैनाँै । घर जान आएका हौँ, तर घर कसरी जाने रु गाडीमा चढ्न सकिने अवस्था छैन । पहिले रु दुई÷तीन हजारमा पुगिने ठाउँमा अहिले रु एक लाख ६० हजार तिर्न हामी मजदुरी गरेका मान्छे कहाँ सक्छौँ”, उनले भने ।

स्वदेश फर्किन रु पाँच÷सात हजार बोकेर आएका थिए । भोकभोकै घामको तापमा बसेका उनीहरुले सुनाए । जुम्ला तल्लोचन्दनाथ नगरपालिका–८ का मदन विकले भने, “अहिले हामीले भोट दिएका जनप्रतिनिधि पनि उद्धार गर्न सकिँदैन भन्छन् ।” “चार महिना भारतमा काम नगरी बस्नुप¥यो । रु चार÷पाँच हजार भाडा तिरेर भए त गाउँ जान सकिहाल्थौँ”, उनले भने, “पूरै बस रिर्जभ गर्न कहाँबाट पैसा ल्याऔँ ।” १८ जनाको समूहमा पनि छ बालबच्चा छन् । चार महिला छन् । गाउँमै रोजगारी पाएको भए दूधे बालक ल्याएर भारतमा मजदुरी गर्न जाने रहर कसको थियो र उनले भने ।

“रोजगारी गुमाएका छौँ, ठेकेदारले काम गरेको पैसा पनि दिएको छैन”, गाउँपालिका र नगरपालिकाले उद्धार गर्न सक्दैनौँ भन्छ । हाम्रो सरकार कहाँ छ । भोट दिएर जिताएका थियौँ, अहिले उद्धार गर्न सक्दैनाँै भने यही चौरमा त्रिपाल टाँगेर बस्नुको विकल्प छैन”, उनले भने । उनीहरु दिनभर खुला चौरमै बसेका छन् । बिहान पुल खुल्छ भने पनि साहु ठेकेदारले बिहानै धार्चुला पु¥याएको थियो । बिहान साढे १० बजेतिर पुल खुल्यो, कोरोनाका कारण पसलमा गएर किन्न दिएनन् । प्रहरीले लाइन लगाएर खुलाचौरमा राखेको छ । पानीसमेत खान पाएका छैनाँै ।

कानका सुन्दरी नगरपालिका–६ का हाँसे कामीले भने, “अहिले स्थानीय सरकार, प्रदेश सरकारले घर पु¥याउन पनि सहयोग गरेन भने हामीले पनि के गर्नुपर्छ जानेका छौँ”, चेतावनी दिनुभयो । भोट माग्दा जसरी हामीकहाँ आउथे, अहिले समस्यामा पर्दा कोही हेर्दैनन् ।” “भारतमा त्रिपालमुनि चार महिना बढी बितायौँ, आफ्नो देशमा पुग्दा पनि सहारा पाउँदैनौँ । हामी ठूला मान्छे त भोकतिर्खा सहन्छौँ, तर बालबालिका छन्, उनीहरु कसरी भोकभोकै बस्न सक्न्छन् ।”

“त्रिपालमुनि भए पनि खान पाएकै थियो, आफ्नो देश फर्कियौँ भनेर आयाँै तर यहाँ आउँदा पनि झन् बेहाल भएको छ”, उनले सुनाए । “गाउँमै रोजगारी पाइने भए हामी बालबालिकासहित किन भारतमा मजदुरी गर्न जान्थ्यौँ र रु” गाउँमा आएको पैसा तिनै नेता र उनीहरुका आफन्तलाई पुग्दैन, भारतकै रोजगारीले अहिलेसम्म परिवार पालेका थियौँ । हरेक वर्ष मजदुरी गर्न भारतको कालापहाडसम्म पुग्ने गरेका उनीहरुलाई यस पटक भने कोरोनाका कारण काम गर्न नपाएर समस्यामा परेका छन् ।

उनीहरुलाई गाउँ पठाउनेबारे हामीसँग केही अधिकार छैन, जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले भने, “प्रहरीलाई मात्रै टाउको दुखाइ छ । उनीहरुलाई कसरी पठाउने कहाँ राख्ने अन्योल नै छ ।” नेपाल–भारत जोड्ने झोलुङ्गे पुल भएर शनिबार ४९ जना भित्रिएका छन् भने ४० जना भारत धार्चुला गएको प्रहरीले जनाएको छ । रासस

वि.सं.२०७७ साउन २५ आइतवार ०८:०३ मा प्रकाशित

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...