back
CTIZAN AD

आयरल्याण्ड-नेपाल च्याम्बर अफ कमर्श गठन भएको औपचारिक रुपमा घोषणा

वि.सं.२०७७ साउन २५ आइतवार

1.1K 

shares

२५ साउन, आयरल्याण्ड । आयरल्याण्डका प्रतिष्ठित उद्योगी तथा व्यापारी भिन्सेन्ट व्यारीको अध्यक्षतामा आयरल्याण्ड–नेपाल च्याम्बर अफ कमर्श गठन भएको औपचारिक रुपमा घोषणा भएको छ ।

शनिबार आयोजित एक भर्चुअल कार्यक्रममार्फत् आयरल्याण्डका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीले यसको औपचारिक घोषणा गरेका हुन् ।

आयरल्याण्ड-नेपाल च्याम्बर अफ कमर्शको नयाँ कार्यसमितिको उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतमा दिपेशमान शाक्य र उपाध्यक्षहरुमा प्रोफेसर डोरक टर्ली, जिवन तिम्सिना, गणेश प्रसाई र नवराज कोइराला रहेको राजदूत सुवेदीले घोषणा गरेका थिए ।
त्यसैगरी राजदूत सुवेदीले निर्देशक पदमा रही विभिन्न क्षेत्रहरुको जिम्मेवारी हेर्नका लागि प्रकाश माली, बालकृष्ण श्रेष्ठ, राजन काफ्ले, अलान मर्सेल सन्का र ओम अधिकारी चयन भएको घोषणा समेत गरेका छन् ।

त्यस्तै अन्य पदाधिकारीमा महासचिवमा श्रीमती एलिसन इरविन, सहसचिवमा श्रीमती चन्द्रकला निरौला तथा अन्य विशिष्ट तथा कार्यकारी सदस्यहरुमा क्रमशः पाट फाल्भी, नियोल हाना, जोन बुर्के, रोव मोर्तेल, टोनी नेशन, शेन रिनान, एन्थोनी करार्ड, इमर कनोली, सराह वेस्ट र विनोद कार्की चयन भएका छन् भने सल्लाहकारहरुमा श्रीमती क्याथरिन नुन, श्रीमती लिण्डा मेक नल्टी, पिटर वार्यन, मनोज बहादुर श्रेष्ठ, जोन किर्नस, महन्त श्रेष्ठ र गंगाराम कंडेल मनोनयन भएका छन् ।

उक्त कार्यक्रमलाई विशेष सम्बोधन गदै महामहिम राजदूत डा. सुवेदीले आयरल्याण्ड–नेपाल च्याम्बर अफ कमर्श गठनबाट आयरल्याण्डबाट नेपालमा लगानी अभिवृद्धि गर्न र नेपाली वस्तु र सेवाहरुको व्यापार आयरल्याण्डमा विस्तार गर्न थप सहज भई पर्यटन पवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

डा. सुवेदीले संस्थालाई आफ्नो स्थापनाको उद्येश्य अनुरुप कार्य गर्न सुझाव दिँदै लगानी प्रवद्र्धन, व्यापार विस्तार, पर्यटन प्रवद्र्धन र अन्य सहयोगका क्षेत्र विस्तार गरी नेपाल र आयरल्याण्डबीच जनस्तरको सम्बन्ध विस्तार गर्ने कार्यमा आयरल्याण्ड(नेपाल च्याम्बर अफ कमर्शलाई नेपाली राजदूतावास, लण्डनले समन्वय गर्ने र पूर्ण सहयोग गर्ने समेत बताए ।

आयरल्याण्ड-नेपाल च्याम्बर अफ कमर्शका नवनिर्वाचित अध्यक्ष भिन्सेन्ट व्यारीले आफू सधैं नेपालको सच्चा मित्र रहेको स्मरण गराउँदै द्धिपक्षीय व्यपार, लगानी र अन्य सहयोगहरुको विस्तारका लागि आफू र आयरल्याण्ड–नेपाल च्याम्बर अफ कमर्श सधैं सक्रिय रहने बताएका थिए ।

आयरल्याण्डको संसदका सभामुख सिन ओ फर्घाइलले सुभकामना मन्तव्य पठाउँदै आयरल्याण्ड-नेपाल च्याम्बर अफ कमर्शको गठनबाट नेपाल र आयरल्याण्डबीच व्यापार र लगानी अभिवृद्धि गर्न सघाउ पुग्न जाने भएकोले यसको कार्यमा आफ्नो पूर्ण सहयोग रहने विचार व्यक्त गरेका थिए ।

यस कार्यक्रममा आफ्नो मन्तव्य राख्दै दिल्लीस्थित आयरल्याण्डको दूतावासका उप-नियोग प्रमुख पिटर ओ कनेलले नेपाल र आयरल्याण्डबीच द्धिपक्षीय सहयोग, व्यापार र लगानी विस्तार गर्न आयरल्याण्ड-नेपाल च्याम्बर अफ कमर्शलाई आयरल्याण्ड सरकारको सहयोग निरन्तर रहने कुरा जानकारी गराएका थिए ।

आयरल्याण्ड-नेपाल च्याम्बर अफ कमर्शका उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिपेशमान शाक्यले नेपाली राजदूतावास, लण्डनको सहयोगबाट आयरल्याण्ड-नेपाल च्याम्बर अफ कमर्श गठन गर्न सम्भव भएको र आगामी दिनहरुमा नेपालमा व्यापार र पर्यटन एवं नेपालमा आयरल्याण्डको लगानी विस्तार गर्न क्रियाशिल रहने विचार व्यक्त गरेका थिए ।

नेपालका लागि आयरल्याण्डका मानार्थ कन्सुलर मनोज बहादुर श्रेष्ठले संस्थासंग समन्वय गरी कार्य गर्न आफू इच्छुक रहेको जानकारी गराएका थिए ।

त्यस्तै नेपाली राजदूतावास, लण्डनका उप-नियोग प्रमुख शरदराज आरणले आयरल्याण्ड-नेपाल च्याम्बर अफ कमर्शका नयाँ पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको सुभकामना व्यक्त गरेका थिए ।

उक्त कार्यक्रमको संचालन आयरल्याण्ड-नेपाल च्याम्बर अफ कमर्शका महासचिव श्रीमती एलिसन इरविनले गरेकी थिइन् ।

वि.सं.२०७७ साउन २५ आइतवार १४:५३ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...