काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समितिको टोलीले स्वास्थ्य मन्त्रालयका कर्मचारीको स्वाब संकलन गरि परीक्षणा गर्दा ४ जना कोरोना संक्रमण देखिएको हो । सीसीएमसीको टोलीले शुक्रबार ८४ जना कर्मचारीको परीक्षण गरेको थियो ।
अहिले उनीहरुको संम्पर्कमा आएका मानिसहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको मन्त्रालय स्रोतले बताएको छ ।
वि.सं.२०७७ साउन २५ आइतवार १६:११ मा प्रकाशित






























