२६ साउन, काठमाडौं । नेपालमा हालसम्म २३ हजार ३१० जनामा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् ।
जसमा आज निको भएका १४० जनासँगै हालसम्म १६ हजार ४९३ जनाले कोरोना जितेर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म निको हुनेको यो संख्या ७०.७ प्रतिशत हो ।
त्यस्तै हालसम्म सबैभन्दा बढी संक्रमित निको हुनेमा प्रदेश ५ रहेको छ । प्रदेश ५ मा हालसम्म ४ हजार १८१ जना निको भएर डिस्चार्ज भएका छन् ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशमा ४,०४० जना, प्रदेश २ मा ३,३५७ जना, कर्णाली प्रदेशमा १,९००, गण्डकी प्रदेशमा १,४६५, प्रदेश १ मा ९४७, र बाग्मति प्रदेशमा ६०३ जना गरी आजसम्म १६ हजार ४९३ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन् ।
वि.सं.२०७७ साउन २६ सोमवार १७:५२ मा प्रकाशित






























