back
CTIZAN AD

राजन थपलिया भारतिय राष्ट्रपति कलाम ट्रस्टद्वारा सम्मानित

वि.सं.२०७७ साउन २६ सोमवार

666 

shares

विजय थापा, डिसी । न्यूयोर्क निबासी चर्चित युबा लेखक तथा बिश्व चर्चित फोर्ब्स मिडियाका सहयोगी (कन्ट्रीब्युटर)राजन थपलिया हालै भारतका पूर्व राष्ट्रपति डा।ए।पि।जे अब्दुल कलाम ट्रस्टद्वारा सम्मानित भएका छन।

गरीब असाहयहरुको आवाजलाई लेखनको माध्यमद्वारा सहयोग गरेको र हजारौ नेपाली तथा भारतीय आप्रबासीहरु लाई बर्षौ देखी अङ्रेजी अनुबादमा निस्शुल्क सेवा गरेको अनि दक्षिण एसियाका देशहरुमा असाहय बालबालिकाहरुलाई समेत सहयोग गर्दै आएको उनको सेवा को बिशेष सम्मान गर्दै कलाम ट्रस्टले उनलाई सम्मान गरेको हो ।

न्यूयोर्क निबासी राजन थपलियाका सेल्फहेल्प, सेल्फ मोटिभेसन, उपन्यास र कविता विधामा झण्डै दर्जन पुस्तक प्रकाशित छन् । केहि बर्ष अघी उनको पुस्तक शतप्रतिशत जीवन सगरमाथाबाट लोकार्पण गरिएको थियो ।

अमेरिका निवासी युवा लेखक राजन थपलियाको कविता नेपालको पाठ्यक्रममा समेत राखिएको छ । थपलियाको कविता कक्षा ६ को अँग्रेजी पाठ्यक्रम मा राखिएको हो। नेपालका अँग्रेजी माध्यमका कैयन विद्यालयहरुमा पढाई हुने उक्त पाठ्यक्रम उक्त कविता नेपालको बारेमा लेखिएको थियो।

अहिले १४ औ किताबको तयारी गरी रहेका थापालिया दर्जनौ किताबका लेखक तथा केही संचार माध्यमका सम्पादक समेत हुन ।

वि.सं.२०७७ साउन २६ सोमवार १८:०० मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...