back
CTIZAN AD

विधान मिचेर बहादुर नठान्न देउवालाई पौडेलकाे चेतावनी

वि.सं.२०७७ साउन २८ बुधवार

663 

shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई विधान मिचेर बहादुर नठान्न चेतावनी दिएका छन् । उनले जति विधान मिच्न सक्यो त्यति बहादुर र बलवान ठहर्छु भन्ने मानसिकता नराख्न सुझाव दिए ।

उनले देउवा पक्षधरको विधान मिच्ने सोंचले कांग्रेस नै प्रजातान्त्रिक पार्टी हो कि होइन भन्ने प्रश्न उठेको बताए । ‘हामीले बारम्बार पार्टीलाई विधानमा ल्याउन पार्टी सभापतिलाई ध्यानाकर्षण पटकपटक गर्दै आयौं। तर नेपाली कांग्रेसभित्र कस्तो भएको छ भने विधान मिच्नु बहादुरी हो जस्तै हाम्रो सभापतिलाई लाग्छ कि’, पौडेलले भने, ‘विधान मैले जति मिच्न सकेँ, म त्यति बलवान सभापति ठहर्छु भन्ने उहाँको मानसिकता छ जस्तो मलाई लाग्छ। त्यसले यो पार्टी डेमोक्रेटिक पार्टी नै हो की होइन भन्ने खतरातिर जान लाग्यो भनेर हामी चिन्तित भएको हो।’

कुनै समयमा देउवाले ‘मैंले हो कानुन तोड्ने’ भन्ने धाक लगाएको प्रसंङ्ग उल्लेख गर्दै पौडेलले अहिले पनि त्यो मानसिकता नगएको बताए ।
‘यो मिच्ने बानी पर्यो । हाम्रो सभापति मैले जे गरेपनि हुन्छ भन्ने सोच्नुहुन्छ। मलाई सम्झना छ यो देशमा कानून तोड्यो भने गृहमन्त्रीले तोड्छ। म गृहमन्त्री भएको हुनाले मैले हो तोड्ने कानुन भनेर बोलेर धाक लगाएर हिँडनुहुन्थ्यो एकताका। उहाँलाई जे बोलेपनि सबैले हाँसेर लिइदिन्थे,’ नेता पौडेलले भने, ‘अहिले पनि उहाँ त्यही गर्दै हुनुहुन्छ। मैले हो तोड्ने। म त बहादुर नि भनेर यो बहादुरीले कांग्रेसलाई क्षति पुर्योयो। यो बहादुरीले प्रजातन्त्रलाई, लोकतन्त्रलाई अत्यन्त ठूलो घात गर्यो , क्षति पुर्यानयो र घायल बनायो।’

महाधिवेशन गर्ने समयमा असाधारण स्थिति भयो भन्दै पछाडि धकेलेको र अहिलेको असाधारण अवस्थामा गर्न लागिएको महाधिवेशनमा विधान मिच्दै महाधिवेशनलाई प्रभाव पार्न खोजेको बताए। चार वर्षमा महाधिवेशन गर्न नसक्ने सभापति अहिले कामचलाउ मात्रै भएकाले कुनैपनि निर्णय एक्लै गर्न नसक्ने पौडेलले बताए।

वरिष्ठ नेता पौडेलले पार्टीको सभापतिमा आफू नै हुनुपर्छ भन्ने दावी नगरेको समेत स्पस्ट पारेका छन्। तर पार्टीले आफूलाई न्याय गर्नुपने उनको भनाई छ। पार्टीभित्र सबै नेता तथा कार्यकर्ताले आफ्नो आकांक्षा राख्न पाउने तर उमेरको आधारमा सबैलाई एउटै क्याटोगारीमा राखेर अन्याय गर्न नपाइने बताए।

वि.सं.२०७७ साउन २८ बुधवार १५:३२ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...