back
CTIZAN AD

प्रवासी नेपाली एकता मन्च नर्वे बन्यो क्रिकेट रनिङ शिल्ड प्रतियोगिताको विजेता

वि.सं.२०७७ साउन २८ बुधवार

1.1K 

shares

२८ साउन, नर्वे । नर्वेमा आयोजित क्रिकेट रनिङ शिल्ड प्रतियोगिताको उपाधि प्रवासी नेपाली एकता मन्च नर्वेले हात पारेको छ ।

नर्वेको ओस्लोस्थित सोङ्ग्स्भान खेल मैदानमा यहि अगस्त ८ र ९ मा सम्पन्न उक्त प्रतियोगितामा प्रतियोगितामा नेकपा र नेपाली काग्रेसको भातृ संगठनको दावी गर्दै आएका दुवै टिम फाइनलमा पुगी प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा जनसम्पर्क समिति (जेएसएस) नर्वेलाई ६ विकेटले हराउदै आयोजक टिम प्रवासी एकता मन्च नर्वेले उपाधि हात पारेको हो ।
आठ टिम सहभागी रहेको उक्त खेल प्रतियोगितामा जे. एस. एस. ब्लु उपबिजेता बनेको छ । प्रतियोगितामा फेयर प्ले अवार्ड नेपाली विद्यार्थी समाज ओस्लो (नेस्को) ले हात पारेको छ भने ब्याटिङ र बलिङ दुबैतर्फ उत्कृष्ट प्रदर्शन गरेका प्रवासी एकता मंचका अरुण अधिकारी ‘म्यान अफ द सेरिज’ घोषित भएका छन् ।

१० ओभरको फाइनलमा जेएसएसले दिएको ६७ रनको लक्ष्य बिजेता बनेको आयोजक टिमले २६ बल बाँकी छदैदेखि भेटाएको हुँदा प्रतिस्पर्धा चलेको थियो । उक्त लक्ष्य भेटाउने क्रममा ओएनएफयुका कप्तान राजु धिताल र अर्का खेलाडी अरुण अधिकारीले समान १९ रनको योगदान गरेका थिए । (जेएसएस) नर्वेलाई ६ विकेटले हराउदै आयोजक एकता मन्चले पहिलो बर्षको यो उपाधि हात पारेको हो ।

कार्यक्रमलाई थप रोचक र बालबालिका चाहाना र खेलप्रतिको आकर्षण बढाउने उद्धेश्यले बिगत बर्षदेखि गर्दै आएको तातो आलु (Hot Potato ) खेलमा ईभा चौलागाई प्रथम र दिप्सा बडु द्वितीय भएका थिए । साथै मंचले पछिल्लो समय जनसमुह बीच आकर्षण र लोकप्रिय बन्दै गएको टिकटकको भिडियो प्रतिस्पर्धामा समेत गरेको थियो । ३० जना सहभागी सो खेलको २०२० को स्टार उपाधी सुश्री एरिना भुषालले जितेकी थिइन् ।

स्वास्थ्य र मनोरन्जनको साथै खेलको माध्यमबाट नर्वेमा स्थापित नेपाली संघ संस्थाबीच भाईचाराको सम्बन्ध मजबुत बनाउने प्रमुख उध्येश्यले गरिएको प्रतियोगितामा गैरआवासीय नेपाली संघ – एनआरएनए) नेपाली पोर्तुगिज समा, नेपाली जन सम्पर्क समिति बाट २, प्रबासी नेपाली एकता मंन्चबाट २ र नेप्सा गरि ८ टिम सहभागी सो खेल शनिबार ८ अगस्ट र ९ गरी २ दिनमा सम्पन्न गरिएको थियो ।
प्रतियोगितामा बिजेता, उपबिजेता, र उत्कृस्ट खेलाडी, मेन अफ द म्याच र सहभागी टिमलाई मेडल प्रमाणपत्र र नगद पुरस्कारद्वारा सम्मान गरिएको थियो ।

पुरस्कार वितरणमा आयोजकको तर्फबाट बिश्वास बजगाई, प्रमुख अतिथि एनआरएनका अध्यक्ष नयन मल्ल, उपाध्य्क्षद्वय जीवन बहादुर शाही, किरण गुरुङ, महासचिव पवित्र बस्नेत, सचिव दिपक पौडेल, निबर्तमान महासचिव द्वारिका महर्जन, आयोजक संस्थाका संस्थापक अध्यक्ष कुमार पण्डित, अन्तराष्ट्रिय साहित्य समाज नर्वेकी अध्यक्ष बिष्णु माया अधिकारि ( बिभु ) जनसम्पर्क समितिका जितेन्द्र बिक्रम शाही, नेपोसका रत्न प्रसाद सापकोटा, हेल्पिङ्ग ह्यान्ड फर नेपालका तसौवार खान, नेप्साका असिम लम्साल, एनआरएनएनए नर्वेका आईसीसी सदस्य राजु अर्याल, एनआरएनए नर्वेका निवर्तमान अध्य्क्ष संजिव कुमार थापा र बि एण्ड बि .कम्पनीका प्रोपाइटर बरुण पोडेल, बिष्णु माया बिभु अन्य सस्थाका प्रतिनिधिहरुको रोहवरमा सम्मान गर्दै नगद मेडल र प्रमाण पत्र वितरण गरिएको थियो ।

कार्यक्रम पश्चात उपस्थित जनसमुदायलाई युवराज भण्डारी, सुबाश मैनाली हिमाल बडू, राकेश भण्डारी समेतको टिमद्वारा तयार पारिएको बिभिन्न नेपाली परिकारको खाना ब्यबस्था गरिएको थियो ।

मन्तब्यको क्रममा प्रतियोगितामा झन्डै ४०० जनाको उपस्थित रहेको र कार्यक्रम पूर्ण रुपमा सफलताका साथ् सम्पन्न भएको आयोजक कमिटिका संयोजक मनोज अधिकारीले आफ्नो धारणा ब्यक्त गरेका थिए ।

कार्यक्रमको अन्त्यमा प्रमुखअतिथि नयन मल्ल र आयोजक कमिटिका अध्यक्ष बिश्वास बजगाईले कार्यक्रम सफल पार्न सहयोह पुर्याउने भाई चारा संघ सस्था, प्रतिनिधि सहभागी खेलाडी र उपस्थित जनसमुदायप्रति आभार ब्यक्तगर्दै छोटो मन्तव्यसहित औपचारिक कार्यक्रम समाप्त भएको जानकारी दिएका थिए ।e

वि.सं.२०७७ साउन २८ बुधवार १५:४३ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...