back
CTIZAN AD

विदेशमा बस्ने नेपालीप्रति

वि.सं.२०७७ साउन २८ बुधवार

957 

shares

जे जे कारणले गयौ पर भयौ पक्कै थियो बाध्यता
आकाङ्क्षा सुखका थिए तर सधैँ सङ्कष्ट भोग्यौ यता
मान्छे खोज्छ सदैव सौख्य-सुविधा खोज्यौ तिमीलेपनि
बस्तैछौ जुन देशमा बस उहीँ सम्पन्नशाली बनी

तिम्रा सन्तति छन् उतैतिर पढी रम्दै बसेका उतै
आ-आफ्ना व्यवसाय जागिरसँगै जम्दै बसेका उतै
फर्कन्छौँ पछि भन्दछौ किन तिमी ढाँटेर आफैप्रति
फर्कन्छौ कसरी यता र सहजै छाडी उता सन्तति ?

जो बस्छन् युगको नयाँ प्रविधिको सौविध्यछायामुनि
चाहन्नन् तिनले त आउन यता जस्तै परे तापनि
जे चाह्यो सब मिल्न सक्तछ उता गाडी तथा बङ्गला
पाइन्छन् सबथोक किन्न ऋणमा छन् मार्ग सारा खुला

‘दुःखी छन् जनता यतातिर निकै पीडा छ सन्ताप छ’
भन्ने यो तिनका अदृष्ट दिलमा मैलो कुनै छाप छ
आए तापनि घुम्न क्यै दिन यता मान्दैन बस्नै मन
फर्कन्छन् सुविधामुखी शहरमै खोजी सुखी जीवन

छौ यूरोप अमेरिकातिर कि वा अष्ट्रेलिया क्यानडा
जोगाई बस है निरन्तर तिमी आफ्नो स्वयं अस्मिता
सक्छौ खोल्न उतै पवित्र मनले संस्थाहरू शैक्षिक
नेपाली पनि पढ्न लेख्न जनले पाऊन् भलै ऐच्छिक

बस्नै हो नि, जहाँ बसे पनि तिमी नेपाल बोकी बस
आफ्नो हृत्तलमा सदैव ‘जननी नेपाल’ रोपी बस
नेपाली पनि बोल है दिनदिनै ती बालबच्चासित
नेपालीपनमै सदा बस तिमी भै नित्य सम्मानित

केही छैन तिमी र सन्तति यता आए नआए पनि
नेपाली म हुँ गर्वसाथ भन है निद्र्वन्द्व आफू बनी
फैलाऊ अनि विश्वमा अति महान् पौरस्त्य यो दर्शन
साझा मानववादमा अडिग होस् तिम्रो सदा चिन्तन

आफ्नो संस्कृति वा कला नभुल है कैल्यै कुनै सर्तमा
नेपाली नफसून् कुनै पनि कतै दुष्कर्मको गर्तमा
निष्ठावान् सब बन्नुपर्छ जहिल्यै त्यो मातृभाषाप्रति
यै वाणीसित शिष्ट, जागृत बनोस् तिम्रो नयाँ जागृति

बोलायो प्रिय देशले यदि भने, सोधेर आत्मासित
सक्छौ आउन फर्किएर घरमा आमा हुनिन् हर्षित
राख्छिन् आँचलभित्र हृदयरस दिई वात्सल्यकी सागर
हुन्नन् है जननीनिमित्त कहिल्यै सन्तान आफ्ना पर

(कवि विनोदीको सामाजिक सञ्जालबाट)

वि.सं.२०७७ साउन २८ बुधवार १५:४९ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...