back
CTIZAN AD

रुसले सार्वजनिक गर्यो कोरोना भ्याक्सिनको आधिकारिक तस्बिर

वि.सं.२०७७ साउन २८ बुधवार

1K 

shares

काठमाडौं । रुसले कोरोना भाइरस (कोभिड–१९) विरुद्व बनाएको भ्याक्सिनको तस्बिर सार्वजनिक गरेको छ । ‘स्पूतनिक–वी’ नाम दिइएको कोरोनाविरुद्वको भ्याक्सिनको तस्बिर रुसले सरकारी वेभसाईट तथा आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत सार्वजनिक गरेको हो ।

मंगलबार रुसका राष्ट्रपति भ्यादिमीर पुटिनले कोरोनाविरुद्वको भ्याक्सिन बनाएको घोषणा गरेका थिए । उनले आफ्नी छोरीलाई पहिलो भ्याक्सिन दिएको पनि बताएका थिए । कोरोना संक्रमित छोरीलाई भ्याक्सिनले निकै आराम दिएको उनको भनाई थियो ।

‘हामीले कोरोनाको सुरक्षित भ्याक्सिन बनाएका छौं र देशमा रजिष्टर्ड पनि गर्यौं, मैंले आफ्नी एक छोरीमा पहिलो भ्याक्सिनको प्रयोग गरें, उनी निकै आराम महसुस गरेकी छिन्’, उनले भनेका थिए ।

पछिल्लो अपडेटअनुसार रसियन सञ्चार माध्यमले भ्याक्सिनको प्रयोग गरेसँगै पुटिनकी छोरीको शरिरमा तापक्रम ठिक ठाउँमा आएको र रोग प्रतिरोधात्मक क्षमता राम्रोसँग विकास भएको बताएका छन् ।

सम्बन्धित समाचार

कोरोनाविरुद्वको भ्याक्सिन बनाएको रुसी राष्ट्रपतिको घोषणा, आफ्नी छोरी पनि भ्याक्सिनबाट ठिक भएको भनाई

रुसले बनाएको कोरोना भ्याक्सिनको माग अत्याधिक, परीक्षण गर्दै गरेका देश पनि माग गर्नेको सूचीमा

वि.सं.२०७७ साउन २८ बुधवार १६:५६ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...