back
CTIZAN AD

रुसले बनाएको कोरोना भ्याक्सिनको माग अत्याधिक, परीक्षण गर्दै गरेका देश पनि माग गर्नेको सूचीमा

वि.सं.२०७७ साउन २८ बुधवार

789 

shares

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)का विरुद्व रुसले बनाएको भ्याक्सिनको माग अत्याधिक भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार मंगलबार घोषणा गरिएको कोरोना भ्याक्सिन ‘स्पूतनिक–वी’ को माग विश्वभरबाट अत्याधिक भएको हो ।

रुसी डायरेक्टर इन्वेस्टमेन्ट फण्ड (आरडीआईएफ)का प्रमुख किरिल दमित्रीवेले बताएअनुसार २० देशले मंगलबार नै भ्याक्सिनको करोडौं डोजको माग गरेका छन् । भ्याक्सिनको माग गर्नेमा ल्याटिन अमेरिकी देश धेरै रहेको दमित्रीवेले बताए । उनका अनुसार भ्याक्सिनको माग गर्नेमा ल्याटिन अमेरिकी देशसहित मध्यपूर्वी र केही एशियाली देश पनि सामेल छन् ।

जनाइएअनुसार भ्याक्सिनको माग गर्ने देशमा आफैंले भ्याक्सिनको परीक्षण गरिरहेका भारत, यूएई, साउदी अरबलगायतका देश पनि छन् ।

२०२० को अन्तसम्म २० करोड भ्याक्सिन तयार गर्ने लक्ष्य

रुसी सञ्चारमाध्यमले जनाएअनुसार रुस सरकार भ्याक्सिनको उत्पादन २०२०को सेक्टेम्बरदेखि गर्ने तयारी गरेको छ । रुसी सरकारले २०२० को अन्तसम्म २० करोड भ्याक्सिन बनाईसक्ने लक्ष्य लिएको छ । जसमध्ये ३ करोड भ्याक्सिन रुसी मानिसको निम्ति प्रयोग हुनेछ ।

भ्याक्सिन उत्पादनको लागि सहयोग गर्न पुटिनको अपिल

रुसी राष्ट्रपति भ्यालदिमिर पुटिनले कोरोना भाइरसविरुद्वको भ्याक्सिनको उत्पादनको लागि विश्व समुदायबाट सहयोगको अपेक्षा गरेका छन् । उनले उत्पादन र वितरणमा विश्व समुदायको सहयोग खोजेका हुन् । भ्याक्सिन तयार भएको बारे घोषणा गर्दै मंगलबार पुटिनले सहयोगको अपेक्षा राखेका थिए ।

अमेरिकाद्वारा भ्याक्सिनमाथि शंका

अमेरिकाको स्वास्थ्य एंव मानव सेवा सचिव एलेक्स अजारले रुसले बनाएको कोरोना भाइरसविरुद्वको भ्याक्सिनप्रति शंका गरेका छन् । उनले भ्याक्सिनले राम्रो प्रभाव पर्ने कुरामा शंका व्यक्त गरे । अजारले रुसले बनाएको भ्याक्सिनले सकारात्मक प्रभाव पार्ने तथ्यहरु प्रष्ट नभएको बताए ।

सम्बन्धित समाचार

कोरोनाविरुद्वको भ्याक्सिन बनाएको रुसी राष्ट्रपतिको घोषणा, आफ्नी छोरी पनि भ्याक्सिनबाट ठिक भएको भनाई

वि.सं.२०७७ साउन २८ बुधवार १२:४३ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...