back
CTIZAN AD

जिपी फाउण्डेशन अमेरिकाले फेरि सुरु ग¥यो नि:शुल्क खाधन्न वितरण कार्यक्रम

वि.सं.२०७७ साउन २८ बुधवार

780 

shares

 

गिरिजा प्रसाद (जिपी)कोइराला फाउण्डेशन अमेरिकाले कोभिड १९ को महामारी सुरु भए लगत्तै समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्देश्यले आफै वितरण गर्दै आएको निःशुल्क खाधन्न वितरण कार्यक्रम बाह्रौँ र अन्तिम पटक जुन २३, २०२० बेलुका भव्यताका साथ सम्पन्न गरेसँगै फेरि निःशुल्क खाधन्न वितरण कार्यक्रम सुरु गरेको छ ।

तर यस फाउण्डेशनको कृयाकलाब अथवा गतिविधिहरु न्युयोर्क शहरको मेयर कार्यालय, ब्रुक्लीनबोरो प्रेसिडेन्टको कार्यालय, क्वीन्सबोरो प्रेसिडेन्टको कार्यालय, न्युयोर्क राज्यका सेनेटरहरु, न्युयोर्क राज्यका ऐसेमब्ली मेम्बरहरु र न्युयोर्क शहरका सिटी काउन्सील मेम्बरहरुले प्रत्यक्ष अवलोकन गर्नुभएको जानकारीका साथ उनीहरुकै अनुरोधमा फाउण्डेशनले फेरि नि:शुल्क खाधन्न वितरण कार्यक्रम अगस्ट ११, २०२० वाट फेरि सुरु गरेको छ। सेवा नै धर्म हो भन्ने नाराका साथ फाउण्डेशनले विभिन्न समुदायका ६००० जना भन्दा बढी मा सेवा पुराइ सकेको जानकारी यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे दिए।

यसै क्रममा मंगलवार, अगस्ट ११, २०२० बेलुका ५ बजे ७२(२४ ब्रोडवे, ज्याक्सन हाईट्स, न्युयोर्कमा १०० बक्स निशुल्क खाधन्न (ग्रोसरी, ड्राय फुड) र २५०० पिस सर्जिकल मास्क वितरण गर्दै छ। उक्त ग्रोसरी र १००० पिस मास्क क्वीन्स बोरो प्रेसिडेन्ट सारोन लि, ५०० पिस मास्क सेनेटर माईकल ज्यानारेसिस, ५०० पिस मास्क ऐसेमब्लीमेन माईकल डेनडेक्कर र ५०० पिस मास्क सेनेटर जोन लु वाट यस फाउण्डेशनलाई सहयोग गरेका थिए ती सामग्रीहरु विभिन्न समुदायका १०० जना मानिसहरुलाई लाईनमा प्राथमिकतः का आधारमा वितरण गरिएको थियो।

फाउन्डेसनको निःशुल्क खाद्य सामग्री र मास्क वितरण कार्यक्रममा तन, मन र बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्यद्वय सूर्य सीमखडा र विनोद थापा खटिएका थिए भने स्वयंसेवीहरु मा ने.का. युवा नेताहरु क्रमशः ज्ञानल थापा, प्रेम क्षेत्री, पंकज सुब्बा, अनिल पण्डे, दिपक पन्त, धुर्व कुँवर, सुवोध खाती थिए भने फाउण्डेशनकी महिला सदस्यहरु क्रमशः रेखा श्रेष्ठ र भावना सिमखडा, ने.का. नेत्री कमला पन्त र घ्याल्सुम्दो सेवा सस्थां अमेरिकाकी अध्यक्ष निमा ल्हमो लगायत खटिनु भएको थियो र अध्यक्ष निमा ल्हमोलाई फाउण्डेशनले २५० वटा सर्जिकल मास्क हस्तान्तरण गर्यो।

गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले क्वीन्स बोरो प्रेसिडेन्ट सारोन लि, न्युयोर्क राज्यका सेनेटर द्वय जोन सि लियु र माईकल ज्यानारेसिस एवम् न्युयोर्क राज्यका ऐसेमब्लीमेन माईकल डेनडेक्करलाई धन्यवाद एवम् हार्द्वीक आभार व्यक्त गरेको छ ।

वि.सं.२०७७ साउन २८ बुधवार १२:३६ मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...