back
CTIZAN AD

अब उपत्यकाबाट बाहिरिन पनि समस्या, काठमाडौं जिल्ला प्रशासनद्वारा सवारी पास बन्द गर्ने निर्णय

वि.सं.२०७७ साउन २९ बिहीवार

780 

shares

काठमाडौं । अब काठमाडौं उपत्यका भित्रन मात्रै नभई उपत्यकाबाट बाहिरी जिल्ला जान पनि समस्या हुने भएको छ । काठमाडौं जिल्ला प्रशासनले बिहिबारदेखि लागु हुने गरि सवारी पास बन्दको निर्णय गरेको हो ।

गृह मन्त्रालयले बुधबार साँझ अर्को व्यवस्था नभएसम्मको लागि भन्दै ७७ वटै जिल्ला प्रशासनलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको थियो । काठमाडौं जिल्ला प्रशासनका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेका अनुसार गृहको निर्देशनअनुसार नै काठमाडौं जिल्ला प्रशासनले आजदेखि सवारी पास वितरणलाई बन्द गरेको हो ।

सवारी पास वितरणको काम अर्को व्यवस्था नभएसम्म बन्द रहने जिल्ला प्रशासन कार्यालय काठमाडौंको सूचनामा जनाइएको छ ।

यसअघि लकडाउनको समयमा पनि काठमाडौं उपत्यकाबाट बाहिरि जिल्ला जान सहज बनाइएको थियो भने बाहिरी जिल्लाबाट काठमाडौं प्रवेश गर्न कडाई गरिएको थियो । काठमाडौं प्रवेशका मुख्य नाकाहरुमा प्रवेशमा निकै कडाई गरिएको थियो । तर, यो निर्णयसँगै काठमाडौं भित्रन मात्रै नभई बाहिरी जिल्ला जान पनि समस्या हुने भएको छ ।

यस्तो छ जिल्ला प्रशासन कार्यालय, काठमाडौंको सूचना

वि.सं.२०७७ साउन २९ बिहीवार १३:०० मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...