back
CTIZAN AD

साफ च्यापियनसिप –नेपाल र भारत भिड्ने

वि.सं.२०७३ पुस १७ आइतवार

903 

shares

काठमाडौँ। चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग सोमबार प्रतिस्पर्धा गर्ने भएको छ ।

भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा नेपालले नेपाली समयअनुसार दिउँसो सवा २ बजे विजय लक्ष्यका साथ भारतको सामना गर्नेछ ।

नेपाल समूह एकको विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने भारत समूह बीको उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । दुई वर्षअघि पाकिस्तानमा भएको तेस्रो साफ महिला च्यापियनसिपमा नेपाल फाइनल खेलमा भारतसँग भिडेको थियो । त्यतिबेला नेपाल भारतसँग पराजित भएको थियो ।

समूह चरणमा तीन खेल खेलेको नेपालले तीनै खेलमा जित हासिल गर्दै ९ अङ्क जोडेको छ । नेपालले पहिलो भुटानविरुद्वको खेलमा ८–० को जित हासिल गरेको थियो । त्यसैगरी माल्दिभ्सलाई ९–० तथा श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गरेको थियो ।

त्यस्तै समूह चरणको खेलमा दुई खेल खेलेको भारतले एक खेलमा जित तथा एक खेलमा गोलरहित बराबरी खेलेको थियो । भारतले अफगानिस्तानलाई ५–१ गोलअन्तरले पराजित गरेको थियो भने बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो । भारतको चार अङ्क छ ।

सोमबार नै हुने अर्को सेमिफाइनल खेलमा बङ्गलादेश र माल्दिभ्स आमनेसामने हुनेछन् ।

वि.सं.२०७३ पुस १७ आइतवार १०:५६ मा प्रकाशित

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

काठमाडौं। विद्यालयस्तरीय खेलकुद प्रतियोगितामध्ये पुरानो तथा लोकप्रिय स.बल ज्ञान कार्निभलको...

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...