back
CTIZAN AD

काल बन्दैछ सामाजिक संजाल, जसका कारण यीनले ज्यानै गुमाए

वि.सं.२०७७ साउन ३१ शनिवार

1.1K 

shares

३१ साउन, काठमाडौं । ‘जान्नेलाई श्रीखंण्ड, नजान्नेलाई हसियाँको बिँड’ भनेजस्तै नेपाली समाजमा पछिल्लोपटक सामाजिक संजालको दुरुपयोगका कारण मानिसको ज्यानै समेत जाने गरेका र सामाजिक संजालकै कारण ज्यानै समेत लिने गरेका घटना नेपाली समाजमा पनि बढ्दै गएका छन् ।

सामाजिक संजाललाई सहि सदुपयोग गरेर जीवन अगाडि बढाउनेका लागि भने यो फलिफाप नै बनेको छ । तर, सामाजिक संजालको प्रयोग कति हदसम्म गर्ने तथा यसको दुरुपयोगको परिणाम कस्तो हुन्छ भन्नेमा ध्यान नदिनेहरुका लागि भने सामाजिक संजाल झन–झन अभिसाप बन्दै गएको छ ।

सामाजिक संजालको चरम दुरुपयोगकै कारण गोंगबुमा विभत्स हत्या भएको हो भन्दा फरक नपर्ला । अहिलेसम्मको अनुसन्धानमा कृष्णबहादुर बोहराको हत्याको घटनाको मुख्यकारक सामाजिक सञ्जाल नै देखिन्छ ।

सामाजिक संजाल फेसबुकबाट भएको चिनजान अन्ततः हत्यासम्म पुगेर टुंगिएको छ । विगत लामो समयदेखि सम्बन्धमा रहेका कृष्णबहादुर र कल्पनाबिचको अबैध सम्बन्ध मौलाउने काम नै सामाजिक संजालमार्फत् भएको देखिन्छ । मन मिलुञ्जेल सबैकुरा ठिकठाक देखिन्छ । जब सम्बन्धमा समस्या आउँछ अनि त्यस्ता कदम उठ्छन् भन्ने पाठ घटनाले सिकाएको छ । कल्पनाले प्रहरीका दिएको बयान अनुसार बोहोराले उनको नाममा नक्कली फेसबुक आइडी बनाएर कल्पनाका नाङ्गा र अश्लील फोटो सेयर गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

एकातिर फेसबुकबाट आफ्नो इज्जत लिलामी गरिदिएको र अर्कातिर भर्खर जवानीको खुट्किलो टेक्दै गएकी १५ वर्षीया छोरीमाथि समेत बोहोराले कुदृष्टि राख्न थालेपछि असह्य भएर हत्याजस्तो जघन्य घटना घटाउन पुगेको प्रहरीसँगको बयानमा कल्पनाले बताएकी छन् ।

विगतमा पनि सामाजिक संजाल नै मृत्युको कारक बनेको धेरै घटनाहरु संचारमाध्यममा आइसकेका छन् । यस्तै एउटा घटना हो भक्तपुरको चाँगुनारायणको । चाँगुनारायण नगरपालिका खरिपाटीकी इश्वरी भट्टले ६० वर्षीया आमा सावित्री भट्टराईको हत्या गरिन् भन्ने समाचारले सबैलाई सशंकित बनायो । यसको मुख्य कारण खोज्ने क्रममा नैसाफ नामक युवा र इश्वरीबीच भएको चिनजान अवैद्य सम्बन्ध भन्ने कुरा प्रहरी अनुसन्धानका क्रममा पुष्टी भयो । उनीहरुको भेट पनि सामाजिक संजाल फेसबुकले नै गराएको थियो । इश्वरीले श्रीमान काममा बाहिर रहेका बेला घरमै बोलाएर अबैध सम्बन्ध राखेको आमाले चाल पाइपछि छोरीलाई त्यसो नगर्न भनेर सम्झाउँदा नै इश्वरीले आफूलाई जन्मदिने आमाको प्राण पखेरु उडाइन् ।

त्यस्तै २०७६ माघ २४ गते मोरङ विराटनगरस्थित उखुबारीमा हत्या गरेर फालेको अवस्थामा एउटी महिलाको शव फेला पर्यो । प्रहरीले उक्त घटनाको अनुसन्धान गर्ने क्रममा हत्या गरिएकी सुनसरीकी ३२ वर्षिया सम्झना खत्री रहेको पत्ता लगायो । हत्याको कारण खोज्दै जाँदा सम्झना र मोरङका २५ वर्षीया सुरेन्दरप्रताप साहबिचको अवैध सम्बन्ध भएको प्रहरीले पुष्टि गर्यो । आफुहरुवीच भएकोे अबैध सम्बन्धलाई सम्झनाले विवाहमा परिणत गर्न चाहन्थिन् । तर, साहले विवाह गर्न अस्वीकार गरेपछि आफूसँग भएका अबैध सम्बन्धका फोटाहरु सामाजिक सञ्जाल मार्फत बाहिर ल्याउने धम्की दिन थालेपछि साहले सम्झनाको हत्या गरेको प्रहरी बयानमा दिएका छन् ।

फेसबुक पेजबाट केही साथीलाई हटाइएको निहुँमा तारकेश्वर नगरपालिकाका कुमार सूचिकारको पनि ज्यान गुमाउनु परेको थियो । सामाजिक सञ्जालमा बनाइएइको ग्रुपबाट केही साथिहरुलाई उनले हटाइदिएको भन्दै असन्तुष्ट साथीहरुले अज्ञात कुटपिट गरेका थिए । तारकेश्वर नगरपालिका फूलबारी गेटमा फालिएको अवस्थामा भेटिएका कुमार सूचिकारले पनि सामाजिक सञ्जालकै कारण अकालमै ज्यान गुमाएको कुरा प्रहरी अनुसन्धानका क्रममा फेला परेको थियो ।

यी त भए सामाजिक सञ्जालको प्रयोगले निम्तिएका हत्याका ठूला घटनाहरु । सामाजिक संजालकै कारण कतिपयले घरबार गुमाएका छन् । पारिवारीक विछोड भएको छ । सामाजिक संजालकै कारण कतिपय युवायुवतीले आत्महत्या गरेका घटना पनि छन् । भने सामाजिक संजालकै कारण कतिपय नेपाली युवतीहरुले विदेशीलाई लाखौं पैसा पठाएर आफू ठगिएको उजुरी प्रहरीमा दिएका छन् ।

त्यस्तै सामाजिक सञ्जालको प्रयोग गर्दागर्दै ज्यान गुमाएका थुप्रै घटना पनि हाम्रो सामु छन् । त्यसैको उदाहरण हो यहि साउनको दोश्रो हप्ता मकवानपुरमा घटेको एउटा घटना । साउन १७ गते हेटौडाका २२ वर्षीय दिपक न्यौपानेले मोबाइलमा टिकटक हेर्दै गर्दा ज्यान गुमाउनु परेको छ । आफ्नो जीवनले सेफ्टी ट्याङ्कीमा अन्तिम श्वास फेर्छ भन्ने कल्पना समेत गरेका थिएनन् होला उनले । जे नहुनु थियो कल्पनासम्म गर्न नसकिने कुरा त्यही भयो ।

राती ट्वाइलेट बस्दा टिकटक हेरिरहेका दिपकको हातबाट मोबाइल चिप्लिएर प्यानभित्र छिरेको अनुमान परिवारले लगाएको छ । भर्खरै किनेको नयाँ ब्राण्डको मोबाइल ट्वाइलेटमा खसेपछि आत्तिएर सेफ्टी ट्याङ्कीमा हेर्न पुगे उनी । लगाएको बाहिरी कपडा, पुरानो मोबाइल र टर्चलाइट ट्यांकिको डिलमा राखेर मोबाइल निकाल्न सेफ्टी ट्याङ्कीमा चियाउँदै गर्दा सेफ्टी ट्याङ्कीको ग्याँसले तानेर उनी भित्र खसे ।
अचम्म त के देखियो भने, उनको जीवनले सदाको लागि छोडिसकेको थियो तर वाटरप्रुफ उनको मोबाइलमा टिकटक खुलिरहेको थियो । अन्तिम श्वाससम्म पनि सामाजिक सञ्जालले उनलाई छोड्न सकेको थिएन ।

वि.सं.२०७७ साउन ३१ शनिवार १३:३६ मा प्रकाशित

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...