back
CTIZAN AD

आज काठमाण्डौं उपत्यकाका ९५ सहित ४६८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६ हजार नाघ्यो

वि.सं.२०७७ साउन ३१ शनिवार

813 

shares

३१ साउन, काठमाण्डौं । नेपालमा आज काठमाण्डौं उपत्यकाका ९५ जनासहित ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी काठमाडौंमा ७८ जना, मोरङमा ६५ जना, सर्लाहीमा ५४ जना, कपिलवस्तुमा ३२ जना, पर्सामा २४ जना, धनुषामा २५ जना र मकवानपुरमा २१ जना संक्रमित थपिएका छन् । साथै आज भक्तपुरमा ९ जना र ललितपुरमा ८ जना नयाँ संक्रमित थपिएका छन् ।

भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा चितवनका ८ जना, भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका ११ र बर्दियाका १२ जना, विद ल्याव ललितपुरमा गरिएको परीक्षणमा काठमाडौंका १०, ललितपुरका १, विर अस्पतालमा भक्तपुरका १, धनुषाका १, काठमाडौंका ३ र काभ्रेका २ जना, बिएण्ड बी अस्पतालमा काठमाण्डौंमा ललितपुरका १ र रामेछापका १ जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा चितवनका १, दोलखाका ५, काभ्रेका ७ र रामेछापका १ जना र उदयपुरका १, नेपाल कोरिया मैत्री अस्पतालमा भक्तपुरका ८, नेपाल प्रहरी अस्पताल महाराजगन्जमा काठमाण्डौंका २४ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाण्डौंका २४, खोटाङका ६, पर्साका ३, रसुवाका १ र सर्लाहीका ४० विरेन्द्र अस्पतालमा बर्दियाका २, काठमाण्डौंका ३ रामेछापका १ जना, सूर्या हेल्थकेयर लाजिम्पाटमा काठमाडौंका २ जना, स्टार अस्पतालमा दाङका १, काठमाडौंका १०, ललितपुरका ७ र सिन्धुलीका १ जनामा संक्रमण पुष्टि भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनुषाका १, मोरङका २, सप्तरीका २, सिराहाका ४, सुनसरीका १६, तेह्रथुमका १ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा मोरङका २५, सिराहाका १, नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा बाराका १ र पर्साका २१ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका ३८ र सुनसरीका ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका २५, महोत्तरीका ९ र सर्लाहीका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका १, डडेल्धुराका १, प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा बाग्लुङका २, र्गोखाका १, कास्कीका ३, नवलपरासीपुर्वका १, स्याङजाका १ र तनहुँका २ जना, पोखरा स्वास्थ्य विज्ञज्ञान प्रतिष्ठानमा पोखरामा गरिएको परीक्षणमा कास्कीका ८, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका १ र सुर्खेतका ४ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका १, कपिलवस्तुका ३१, रुपन्देहीका २ जनामा संक्रमण पुष्टि भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा कपिलवस्तुका १, नवलपरासीपूर्वका १, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका १० जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा बाराका १, मकवानपुरका २१,रौतहटका ४, सर्लाहीका ११, उदयपुरका १ जना, स्वास्थ्य कार्यालय दैलेखमा दैलेखका २ र सुर्खेतका १ जना, गरी देशैभरीका जम्मा ३९ वटा प्रयोगशालामा गरिएको परीक्षणमा आज ४६८ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ४६८ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २६ हजार १९ पुगेको छ ।

आज काठमाण्डौं उपत्यकाका ११९ सहित ५९४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २५,५५१ पुग्यो

वि.सं.२०७७ साउन ३१ शनिवार १७:०१ मा प्रकाशित

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...