back
CTIZAN AD

कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या १०२ पुग्यो, यस्तो छ प्रदेश विवरण

वि.सं.२०७७ साउन ३१ शनिवार

798 

shares

३१ साउन, काठमाडौं । नेपालमा आज कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको पुष्टि छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज मृत्यु भएको पुष्टि भएकामा कपिलवस्तु, पर्सा र धनुषा जिल्लाका ३ जना रहेका छन् ।

मन्त्रालयका अनुसार कपिलवस्तुको मायादेवि गाउँपालिका वडा नं ७ का ४० वर्षीय पुरुषको शनिबार (साउन ३१ गते) लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ ।

पर्साको विरगन्ज महानगरपालिका वडा नं १२ का ६० वर्षीय पुरुषको साउन ३० गते मृत्यु भएको हो । उनको नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

धनुषाको जनकनन्दनी गाउँपालिका वडा नं ४ का ५० वर्षीय एक पुरुषको पनि संक्रमणका कारण मृत्यु भएको छ ।

उनको साउन २९ गते मृत्यु भएको हो । आज थप पुष्टि भएका ३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ ।

यस्तो छ मृत्यु हुनेको प्रदेश विवरण
प्रदेश १ मा ९ पुरुष, प्रदेश २ मा ३३ पुरुष र ११ महिला गरी ४४ जना, बाग्मति प्रदेशमा १३ पुरुष र ५ महिला गरी १८ जना, गण्डकी प्रदेशमा ६ पुरुष, प्रदेश नं ५ मा १० पुरुष र ३ महिला गरी १३ जना, कर्णाली प्रदेशमा ४ पुरुष, र सुदूरपश्चिम प्रदेशमा ५ पुरुष र ३ महिला गरी ८ जनाको मृत्यु भएको हो ।  मृत्यु भएका १०२ जनामा ८० जना पुरुष र २२ जना महिला रहेका छन् ।

नेपालमा साउन ३० सम्मको कोरोना अपडेटः २५,५५१ संक्रमित, १७ हजार बढी निको र मृतकको संख्या ९९ पुग्यो

वि.सं.२०७७ साउन ३१ शनिवार १७:३० मा प्रकाशित

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...