३१ साउन, काठमाडौं । नेपालमा आज १२४ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत १२४ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।
आज १२४ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म निको हुनेको संख्या १७ हजार २०१ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितमध्ये ६६ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
कुन प्रदेशमा कति निको भए त हालसम्म ?
प्रदेश १ मा १,१०८, प्रदेश २ मा ३,५४५, बाग्मति प्रदेशमा ६४१ जना गण्डकी प्रदेशमा १,५२५, प्रदेश नं ५ मा ४,२८६, कर्णाली प्रदेशमा १,९३३ र सुदूरपश्चिम प्रदेशमा ४,१६३ जना गरी हालसम्म १७ हजार २०१ जना निको भएका छन् ।
आज २४० जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या १७ हजार नाघ्यो
वि.सं.२०७७ साउन ३१ शनिवार १७:५८ मा प्रकाशित





























