३० साउन, काठमाण्डौं । नेपालमा आज २४० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत २४० जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।
आज २४० जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म निको हुनेको संख्या १७ हजा ७७ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमित मध्ये ६६ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
यस्तो छ हेर्नुहोस्, नेपालमा साउन २९ सम्मको कोरोना अपडेटको पूर्ण विवरण
वि.सं.२०७७ साउन ३० शुक्रवार १७:३० मा प्रकाशित






























