काठमाडौं । बाढि पहिरोका कारण शुक्रबार विभिन्न जिल्लाहरुमा भएको जनधनको क्षति प्रति नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन् । उनले बाढि पहिरोबाट भएको जनधनको क्षतिले आफुँलाई स्तब्ध बनाएको बताएका छ ।
शुक्रबार एक विज्ञप्ती जारी गर्दै प्रचण्डले सिन्धुपाल्चोकको जुगलमा भएको पहिरोको घटना र कालीकोट जिल्लाको महावै गाउँपालिकामा भएको पहिलो घटनाप्रति दुःख व्यक्त गरेका हुन् । उनले विज्ञप्तीमार्फत घटनामा घाईतको स्वास्थ्य लाभको कामना गरेका छन् ।
उनले पहिरो पीडितको उद्दार कार्यमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन पनि दिएका छन् । प्रचण्डले विज्ञप्तीमार्फत पहाडी भेगका जोखिम युक्त क्षेत्रको दीर्घकालीन समाधान खोज्न र त्यस्ता क्षेत्रको विकासका लागि छुट्टै मोडलको योजना बनाउन पनि अपिल गरेका छन् ।
यस्तो छ प्रचण्डद्वारा जारी विज्ञप्ती

वि.सं.२०७७ साउन ३० शुक्रवार १७:०७ मा प्रकाशित






























