back
CTIZAN AD

यस्तो छ हेर्नुहोस्, नेपालमा साउन २९ सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ साउन २९ बिहीवार

732 

shares

२९ साउन, काठमाण्डौं । नेपालमा विहिबार ( २९ साउन) सम्म पिसीआर प्रविधिबाट ४ लाख ८३ हजार ३८ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ९,८५९ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले विहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ८,०२५जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या १४ हजार ७६९ रहेको छ । यो संख्या केहि दिनदेखि बढिरहेको छ ।

आज थपिएका ५२५ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ भने आज निको भएर १०८ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १६ हजार ८३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै आज थपिएका ४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।

आज काठमाण्डौं उपत्यकाका १२६ सहित ५२५ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाण्डौं उपत्यकाका १२६ सहित ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी काठमाण्डौंमा १११ जना, मोरङमा ८८ जना, पर्सामा ३९ जना, सप्तरीमा ३१ जना, मकवानपुरमा २८ जना, सर्लाहीमा २६ जना, धनुषामा २१ जना, कपिलवस्तु २१, महोत्तरीमा २० जना र रौतहटमा २४, जना संक्रमित थपिएका छन् । साथै आज ललितपुरमा १० र भक्तपुरमा ५ जना संक्रमित थपिएका छन् ।

त्यस्तै सुनसरीमा १९, रुपन्देहीमा १२, चितवनमा ११, बाँकेमा १०, काभ्रेमा ८ जना, नवलपरासीपूर्व कास्की, बर्दिया, रामेछाप र प्युठानमा ३/३ जना संक्रमित थपिएका छन् ।

आज काठमाण्डौं उपत्यकाका १२६ सहित ५२५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४,९५७ पुग्यो

त्यस्तै सिन्धुली, दाङ, सिरहा र झापामा २/२ जना तथा उदयपुर,दोलखा,पाल्पा, बैतडी, डोटी, रामेछाप, नवलपरासी, पश्चिम, सुर्खेत, बारा, नुवाकोट, सुनसरी र तनहुँमा १/१ जना संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ ।

देशैभरीका ३८ वटा प्रयोगशालमा गरिएको परीक्षणमा आज जम्मा ५२५ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ५२५ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २४ हजार ९५७.पुगेको छ ।

कुन प्रदेशमा कति संक्रमित उपचाररत छन् त ?
प्रदेश १ मा ७२५, प्रदेश २ मा ३,५८९, बाग्मति प्रदेशमा १,७०३, गण्डकी प्रदेशमा २४२, प्रदेश नं ५ मा ६८०, कर्णाली प्रदेशमा २१६ र सुदूरपश्चिम प्रदेशमा ८७० संक्रमित उपचाररत छन् ।

कोरोनबाट निको हुनेको संख्या १६ हजार ८३७ पुग्यो
नेपालमा आज १०८ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत १०८ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् । आज १०८ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १६ हजार ८३७ पुगेको छ ।

कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा १,०४८ प्रदेश २ मा ३,४४९ बाग्मति प्रदेशमा ६२७, गण्डकी प्रदेशमा १,४९९ प्रदेश नं ५ मा ४,२२४, कर्णाली प्रदेशमा १९०७ र सुदूरपश्चिम प्रदेशमा ४०८३ जा गरी हालसम्म जम्मा १६ हजार ८३७ जना निको भएर घर फर्किएका छन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको प्रदेश विवरण
प्रदेश १ मा २,७४७, प्रदेश २ मा १,६१९, बाग्मति प्रदेशमा १,१९१, गण्डकी प्रदेशमा ३,०८७, प्रदेश नं ५ मा २,१०३, कर्णाली प्रदेशमा ८१० र सुदूरपश्चिम प्रदेशमा ३,२१२ जना रहेका छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित रहेको जिल्लामा महोत्तरी, पर्सा, रौतहट र काठमाण्डौं रहेका छन् । साथै संक्रमित मुक्त भएका जिल्लामा संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेका छन् ।

कोरोनाबाट आज थप ४ जनाको मृत्यु, यस्तो छ प्रदेश विवरण
नेपालमा आज थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मृत्यु भएको पुष्टि भएकामा धनुषा, महोत्तरी, अछाममोरङका १/१ जना रहेका छन् ।
मन्त्रालयका अनुसार आज मृत्यु भएको पृष्टि भएकामा महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ का ४५ वर्षीय पुरुषको साउन २५ गते रामजानकी अस्पतालमा मृत्यु भएको छ । उनी क्षयरोग तथा मधुमेहको विरामी रहेका थिए ।

धनुषाको मिथिला नगरपालिका वडा नं ७ ढल्केवरकी ८५ वर्षीया महिलाको साउन २८ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ ।

अछामको रामारोशन गाउँपालिका वडा नं ५ का १८ वर्षीय युवकको साउन २८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमामा उपचारका क्रममा मृत्यु भएको छ । उनी मुटुरोगका विरामी रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै मोरङको विरानगर महानगरपालिका वडा नं ३ मका ५७ वर्षीय पुरुषको साउन साउन २८ गते कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको छ । उनी मुधमेह र उच्च रक्तचापको विरामी रहेको बताइएको छ ।

हाल सम्म कुन प्रदेशमा कतिजनाको मृत्यु भयो त ?
कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रदेश २ मा मृत्यु भएको छ । प्रदेश २ मा २८ पुरुष र ११ महिला गरी २९ जना, दोश्रोमा बाग्मति प्रदेशमा १३ पुरुष ५ महिला गरी १८ जना, प्रदेश ५ मा ९ पुरुष ३ महिला गरी १२ जना, प्रदेश १ मा पुरुष ८ महिला, सुदूरपश्चिम प्रदेशमा ५ पुरुष र ३ महिला गरी ८ जना, गण्डकी प्रदेशमा ६ पुरुष र कर्णाली प्रदेशमा ४ पुरुष गरी हालसम्म ९५ जनाको मृत्यु भएको हो । जम्मा पुरुष ७३ जना र महिला २२ जना रहेका छन् ।

नेपालमा हालसम्मको कोरोना अपडेटः २४,४३२ संक्रमित, १६,७२८ जना निको, मृतकको संख्या ९१ पुग्यो

 

वि.सं.२०७७ साउन २९ बिहीवार १८:३८ मा प्रकाशित

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले...

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...