back
CTIZAN AD

आज काठमाण्डौं उपत्यकाका १२६ सहित ५२५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४,९५७ पुग्यो

वि.सं.२०७७ साउन २९ बिहीवार

723 

shares

२९ साउन काठमाण्डौं । नेपालमा आज काठमाण्डौं उपत्यकाका १२६ सहित ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी काठमाण्डौंमा १११ जना, मोरङमा ८८ जना, पर्सामा ३८ जना, सप्तरीमा ३१ जना, मकवानपुरमा २८ जना, सर्लाहीमा २६ जना, धनुषामा २१ जना, महोत्तरीमा २० जना र रौतहटमा २० जना संक्रमित थपिएका छन् । साथै आज ललितपुरमा १० र भक्तपुरमा ५ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनुषा, उदयपुर, झापा र पर्साका १/१, सुनसरीका १९ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा मोरङका ४० जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा इलामका ४ र मोरङका ४८ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १९, महोत्तरीका २०, रौतहटका ४ र सिरहाका १ जना, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका ३१ र सिराहाका १, नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा बाराका १, पर्साका ३६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाण्डौंका १३, नुवाकोट १, रौतहटका १७, सर्लाहीका २६ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतामा गरिएको परीक्षणमा ललितपुरका २, सुनसरीका १ जना, धुलिखेल अस्पतालमा झापाका १, काठमाण्डौंका २, काभ्रेका ८ र रामेछापका २ जना, विर अस्पतालमा दोलखाका १, काठमाडौंका ४ र सुर्खेतका १ जना, टिचिङ अस्पताल महाराजगन्जमा गएिको परीक्षणमा काठमाण्डौंका ३, रौतहटका १, नेपाल प्रहरी अस्पतालमा काठमाण्डौंका ४८, ललितपुरका १ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा भक्तपुरका १, धनुषाका २, काठमाण्डौंका १९, ललितपुरका ७, पर्सा र रौतहटका १÷१ जना, विद ल्याव काठमाण्डौंमा काठमाण्डौंका ४ जना, सुर्या हेल्थ सेन्टर लाजिम्पाटमा काठमाण्डौंका १, ह्याम्स अस्पतालमा कपिलवस्तुका १, काठमाण्डौंका ९, ललितपुर र पर्साका १\१ जना, नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा भक्तपुरका ४, काठमाण्डौंका ७ जनामा संक्रमण पुष्टि भएको छ ।

भतरपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा चितवनका ७ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा चितवनका ४, काठमाण्डौंका १, मकवानपुरका २८, रामेछापका १, रौतहटका २ र सिन्धुलीका २ जना, प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा कास्कीका ३, नवलपरसाी पूर्वका २ र तनहुँका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका १८, प्युठानका २ र रुपन्देहीका २ जना, राप्ति स्वास्थ्य विज्ञान प्रतिठान दाङमा दाङका २ जना, भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका १०, बर्दियाका ३ जना, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कपिलवस्तुका १, नवलपरासीपुर्वका १, पाल्पा र प्युठानका १/१ र रुपन्देहीका ४ जना, नेशनल प्याथल्याव रिर्शच सेन्टर बुटवलमा कपिलवस्तुका १, नवलपरासी पश्चिमका १, रुपन्देहीका ६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीका १, डोटीका १ रहेका छन् । देशैभरीका  ३८ वटा प्रयोगशालमा गरिएको परीक्षणमा आज जम्मा ५२५ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ५२५ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २४ हजार ९५७.पुगेको छ ।

आज काठमाण्डौं उपत्यकाका १३८ सहित ४८४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४,४३२ पुग्यो

वि.सं.२०७७ साउन २९ बिहीवार १६:५५ मा प्रकाशित

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...