back
CTIZAN AD

ओली–प्रचण्ड वार्ता विवाद समाधान उन्मुख

वि.सं.२०७७ साउन २९ बिहीवार

744 

shares

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै ३ घण्टासम्म चलेको वार्ता सकिएको हो ।

आजको वार्ता विवाद समाधान उन्मुख रहेको र सकारात्मक भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिएका छन् । संसार न्यूजसँग कुराकानी गर्दै जुगलले भने, ‘पार्टीभित्र देखिएका समस्याको समाधान उन्मुख कोणबाट छलफलको सुरुवात भएको छ । आजको छलफल निकै सकारात्मक रह्यो ।’

उनले जनाएअनुसार दुई अध्यक्षबीच भोली पुनः छलफल हुनेछ ।

यसअघि बुधबार एक टेलिभिजनसँगको अन्तरवार्ताको क्रममा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले पाँच दिनभित्रै नेकपाको संकट समाधान हुने बताएका थिए । जसको भोलीपल्टै दुई अध्यक्षबीच वार्ता भएको हो ।

गत साउन २१ मा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले बेग्लै पत्रकारको भेला गरेसँगै दुई अध्यक्षबीचको संवाद रोकिएको थियो । त्यसयताका समयमा ओलीले छलफलका लागि रुची नदेखाएको चर्चा भएको थियो ।

स्थायी समिति बैठकका बीच प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीको राजीनामा मागिएसँगै नकेपाभित्र विवाद चुलिएको थियो । नेकपाभित्र बहुमत पक्षधर ओलीले राजीनामा दिनुपर्ने अडानमा छन् भने ओली कुनै हालतमा कुनै पदबाट राजीनामा नदिने अडानमा छन् ।

सम्बन्धीत समाचार

ओली र प्रचण्डबीच ९ दिन पछि संवाद, के निस्किएलता त समाधान ?

वि.सं.२०७७ साउन २९ बिहीवार १५:३६ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...