back
CTIZAN AD

नेपालमा साउन ३० सम्मको कोरोना अपडेटः २५,५५१ संक्रमित, १७ हजार बढी निको र मृतकको संख्या ९९ पुग्यो

वि.सं.२०७७ साउन ३० शुक्रवार

822 

shares

३० साउन, काठमाण्डौं । नेपालमा शुक्रबार ( ३० साउन) सम्म पिसीआर प्रविधिबाट ४ लाख ९४ हजार ६१३ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ११ हजार ५७५ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ८,४७४जनाको उपचार भइरहेको छ । जसमा देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ९८ जना र भेन्टिलेटरमा ४ जना उपचाररत रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या १४ हजार ६३८ रहेको छ । यो संख्या केहि दिन यता बढ्दै गएको हो ।

आज थपिएका ५९४ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या हजार २५ हजार ५५१ पुगेको छ भने आज निको भएर २४० जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १७ हजार ७७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथ आज थपिएका ४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

आज ५९४ जना कोरोनाका नयाँ संक्रमित थपिए
नेपालमा आज ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी काठमाण्डौंमा ८३ जना, पर्सामा ७१ जना, मोरङमा ६३ जना, धनुषामा ५५ जना, ललितपुरमा ३० जना, महोत्तरीमा २४, बारामा २६, सुनसरीमा २५ जना, तनहुँमा २३ जना, बाँकेमा २२ जना र सुर्खेतमा २१ जना संक्रमित थपिएका छन् । साथै आज भक्तपुरमा ६ जना नयाँ संक्रमित थपिएका छन् ।

आज काठमाण्डौं उपत्यकाका ११९ सहित ५९४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २५,५५१ पुग्यो

त्यस्तै मकवानपुर १८, सर्लाही १४, चितवन १४, सप्तरी १३, रुपन्देही १२, सिन्धुली ११, कैलाली ९, झापा ९, अछाम ६, बर्दिया ५, रौतहट ५, कपिलवस्तु ५, सिरहा र दैलेखमा ३ जना, नवलपरासीपूर्व, कन्चनपुर र रुपन्देहीमा २ जना, उदयपुर, नुवाकोट, सिन्धुपाल्चोक, बाजुरा, धादिङ, हुम्ला, दोलखा, कास्की, लम्जुङ, पर्वत, स्याङजा, दाङ, सल्यान र बझाङ गरी ३९ वटा प्रयोगशालामा गरिएको परीक्षणमा आज ५९४ जनामा संक्रमण पुष्टि भएको छ ।  आज थपिएका ५९४ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २५ हजार ५५१ पुगेको छ ।

आज २४० जनाले कोरोना जितेर घर फर्किए
नेपालमा आज २४० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत २४० जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।

आज २४० जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म निको हुनेको संख्या १७ हजार ७७ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमित मध्ये ६६ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

कुन प्रदेशमा कति निको भए त हालसम्म ?
प्रदेश १ मा १,०७१ प्रदेश २ मा ३,४९७ बाग्मति प्रदेशमा ६३८ गण्डकी प्रदेशमा १५१२ प्रदेश नं ५ मा ४२७९ कर्णाली प्रदेशमा १९२४ र सुदूरपश्चिम प्रदेशमा ४१५६ जना निको भएका छन् ।

त्यसैगरी ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला महोत्तरी, पर्सा, रौतहट र काठमाण्डौं रहेका छन् भने संखुवासभा, मनाङ, मुस्ताङ र डोल्पा हालसम्म कोरोना संक्रमण मुक्त भएका छन् ।

क्वारेन्टिनमा रहनेको संख्या
हाल देशैभरीका क्वारेन्टिनमा प्रदेश १ मा २,८२३, प्रदेश २ मा १६१९ बाग्मति प्रदेशमा १०९० गण्डकी प्रदेशमा ३००० प्रदेश नं ५ मा २,११५ कर्णाली प्रदेशमा ७८४ र सुदूरपश्चिम प्रदेशमा ३२०७ गरी १४ हजार ६३८ जना विभिन्न क्वारेन्टिनमा रहेका छन् ।

कोरोना संक्रमणबाट आज ४ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ९९ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट आज ४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मोरङ, सिराहा र बाराका २ जना पुरुष गरी जम्मा ४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

कुन प्रदेशमा कति जनाको मृत्यु भयो त हालसम्म ?
प्रदेश १ मा ९ जना पुरुष, प्रदेश २ मा पुरुष ३१ र महिला ११ गरी ४२ जना, बाग्मति प्रदेशमा पुरुष १३ महिला ५ गरी १८ जना, गण्डकी प्रदेशमा ६ जना पुरुष, प्रदेश नं ५ मा पुरुष ९ र महिला ३ गरी १२ जना, कर्णाली प्रदेशमा पुरुष ४ जना र सुदूरपश्चिम प्रदेशमा पुरुष ५ र महिला ३ गरी ८ जना रहेका छन् ।
आज थपिएका ४ जना सहित हालसम्म जम्मा ९९ जनाको मृत्यु भएको छ । जसमा पुरुष ७७ र महिला २२ जना रहेका छन् ।

यस्तो छ हेर्नुहोस्, नेपालमा साउन २९ सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ साउन ३० शुक्रवार १८:३९ मा प्रकाशित

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...