back
CTIZAN AD

खोलाले बगाएर चारको मृत्यु

वि.सं.२०७७ साउन ३२ आइतवार

633 

shares

३२ साउन, डोटी । अछाममा रहेको नरहरिनाथ खोलाले बगाएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार खोलाले बगाएर मृत्यु हुनेमा अछाम पञ्चदेवल विनायक नगरपालिका–९ बस्ने ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया विपना, एक वर्षीया छोरी आकृति र सात वर्षीय छोरा हेमन्त छन् ।

अछाम र कालीकोटको सीमा क्षेत्रमा पर्ने नरहरिनाथ खोला तर्ने क्रममा उनीहरुको बगेर मृत्यु भएको प्रहरीले जनाएको छ । लगातारको वर्षात्का कारण खोलामा बाढी आएको र तर्ने क्रममा उनीहरुको बगेर मृत्यु भएको हो । शव जिल्ला अस्पताल अछाम ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।(रासस)

वि.सं.२०७७ साउन ३२ आइतवार २१:४३ मा प्रकाशित

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...