back
CTIZAN AD

कोरोनाका कारण उत्तर प्रदेशका मन्त्री एवम पूर्वक्रिकेटर चौहानको मृत्यु

वि.सं.२०७७ साउन ३२ आइतवार

720 

shares

३२ साउन, दिल्ली । उत्तर प्रदेशका मन्त्री तथा पूर्वक्रिकेटर चेतन चौहानको कोरोनाका कारण मृत्यु भएको छ।

गुडगाउँको मेदान्त अस्पतालमा उपचाररत ७३ वर्षीय चौहानको आइतबार निधन भएको हो । स्वास प्रस्वासमा समस्या आएसँगै उनलाई शुक्रबारबाट भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

उनलाई जुलाई ११ मा कोरोना संक्रमण पुष्टि भएपछि उनी एसजीपीजीआईमा भर्ना भएका थिए। किडनी र रक्तचापको समस्या हुन थाले पछि उनलाई मेदान्त अस्पताल सारिएको थियो । त्यसैबीच पनि उनमा कोरोना पोजेटिभ देखियो ।

चौहनको अन्तिम संस्कार अष्ट्रेलियामा रहेका उनका जेठा छोरा आएपछि मात्र गरिने परिवारले जनाएको भारतीय संचारमाध्यमले समाचारमा उल्लेख गरेका छन् ।

चौहानले भारतको राष्ट्रिय टिमको ओपनर ब्याट्सम्यानका रुपमा खेलेका थिए। उनले भारतका लागि ४० टेस्ट र ७ एकदिवसीय खेल खेलेका थिए। टेस्टमा २०८४ रन जोडेका उनको उच्च स्कोर ९७ रन रहेको छ। १९९१ बाट खेल क्षेत्र छाडेर उनी राजनीतिमा प्रवेश गरेका थिए ।

यसअघि उत्तर प्रदेशकी मन्त्री कमला रानीको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

वि.सं.२०७७ साउन ३२ आइतवार २२:१७ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...