back
CTIZAN AD

सीईओ भट्टलाई काम गर्न बाटो खुल्यो

वि.सं.२०७७ साउन ३२ आइतवार

759 

shares

३२ साउन, काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई काम गर्न बाटो खुलेको छ । पाटन उच्च अदालतले सिईओ भट्टलाई काम गर्न बाटो खुला गरिदिएको हो।

आईतबार अदालतले उनको मुद्दामा अन्तरिम आदेश जारी गर्नु नपर्ने निर्णय गरेको छ । उच्च अदालतका न्यायाधीश द्वय  ईश्वरराज आचार्य र ठाकुरप्रसाद शर्मा पौडेलको संयुक्त इजलासले भट्टविरुद्धको मुद्दामा अन्तरिम आदेश जारी गर्नुनपर्ने आदेश दिएसँगै भट्टलाई काम गर्न बाटो खुलेको हो ।

गत साउन २७ गते नकुल सुवेदीको एकल इजलासले भट्टलाई काम नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।

गत साउन १९ गतेको बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका भट्टलाई लगानी बोर्डको सीइओ नियुक्त गरेको थियो । राष्ट्रिय गौरबका आयोजना सहित कैयौँ महत्वपूर्ण आयोजनाहरु अलपत्र पारेको र उनको परिवारको नामको कम्पनी कालोसूचीमा पर्दा पनि आयोजनाका ठेक्काहरु हत्याउन भट्टको संलग्नता रहेको भन्दै चौतर्फी आलोचना भईरहेको छ ।

वि.सं.२०७७ साउन ३२ आइतवार २२:३४ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन, नछुटाउनु होला है

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन, नछुटाउनु होला है

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

कसरी धराशायी भयो उदयपुर सिमेन्ट उद्योग ?

कसरी धराशायी भयो उदयपुर सिमेन्ट उद्योग ?

काठमाडौँ । उच्च गुणस्तरको चुनढुङ्गा खानी, जापानी सहयोगमा बनेको कारखाना...