back
CTIZAN AD

देशभर थप पाँच कोरोना संक्रमितको मृत्यु

वि.सं.२०७७ भदौ २ मंगलवार

654 

shares

काठमाडौं । नेपालमा कोरोना सक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ । पोखरामा दुई, ललितपुर, बाँके र धुलिखेलमा एक÷एक जनाको ज्यान गएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार पोखरा महानगरपालिकामा रहेको सेवा अस्पतालमा एक र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना संक्रमितको मृत्यु भएको हो । पोखराको वडा नम्बर १६ दीपमा बस्ने ८७ वर्षका पुरुषको आज बिहान र तनहुँ ब्यास १ की ५० वर्षकी महिलाको गएराति ज्यान गएको हो ।

त्यस्तै ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको ज्यान गएको छ । कोरोना संक्रमणका कारण पश्चिम नवलपरासीका ३७ वर्षीया पुरुषको ज्यान गएको हो । गत शुक्रबार अस्पताल भर्ना भएका उनको शनिबार कोरोना संक्रमण भएको पुष्टी भएको थियो । मृतु भएका पुरुषमा उच्च रक्तचापको पनि समस्या थियो ।

यस्तै बाँकेमा र धुलिखेलमा पनि एक÷एक जना कोरोना संक्रमतिको ज्यान गएको छ । मंगलबार बिहान नेपाल शिक्षण अस्पताल बाँकेमा ६२ वर्षीया पुरुषको ज्यान गएको थियो भने धुलिखेल नगरपालिका–७ घर भएका ९८ वर्षीय बृद्धको धुलिखेल अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो ।

योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय १२ पुगेको छ । मंगलबार ज्यान गुमाएका पाँच संक्रमितको बारेमा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिईसकेको छैन् ।

वि.सं.२०७७ भदौ २ मंगलवार १३:०७ मा प्रकाशित

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...