back
CTIZAN AD

राष्ट्रिय झण्डा जलाउँदै, बाहुन–क्षेत्री समुदायलाई गाली गरेको आपत्तिजनक म्यूजिक भिडियो, के होला त कारबाही ?

वि.सं.२०७७ भदौ २ मंगलवार

795 

shares

काठमाडौं । राष्ट्रिय झण्डा जलाउँदै बाहुन–क्षेत्री समुदायमाथि असभ्य शब्दहरुले गाली गरेको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मंगोल होप नाम यूट्युब च्यानलमार्फत सार्वजनिक ‘देशदोह्री’ नामक गीतमा नेपालको झण्डा जलाउँदै बाहुन–क्षेत्री समुदायमाथि गाली गरिएको हो ।

गीतमा झण्डासँग सँगै प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीहरुको फोटो जलाइएको छ । गीतमा पूर्वराजा ज्ञानेन्द्र शाहमाथि पनि गाली गर्दै फोटो जलाइएको छ ।

मकवानपुरको सल्लेरीमा रहेको विष्णु आधारभूत माध्यमिक विद्यालयको प्राङ्गणमा तयार पारिएको भिडियोमा देशदोह्री शरणार्थी बाहुन–क्षेत्रीको हिन्दु झण्डा भन्दै नेपालको झण्डा जलाइएको छ । मंगोलियन ¥याप नाम दिइएको सो गीतका रचनाकार र गायक मंगोल ग्याल्जे लि र एटिएम छन् । गीतको परिचयमा भाषा खस र राष्ट्रियता नेपाली भएको उल्लेख छ ।

के हुनसक्छ कारबाही ?

गीतमा अत्यन्तै आपत्तीजनक शब्दहरु पनि छन् । गीतमा भएका आपत्तीजनक शब्दहरु प्रति सामाजिक सञ्जालमा अहिले निकै कमेन्टहरु गरिएका छन् । गीत निर्माण र गायक गायीकामाथि तत्काल कारबाही गर्नुपर्ने माग सामाजिक सञ्जाल प्रयोगकर्ताले गरेका छन् ।

नेपालको कानूनमा पनि यस्ता गतिविधि गर्नेमाथि कारबाही हुने कुरा छ । नेपालको मुलुकी अपराध (संहिता) ऐन २०७४,को १५१ को दफा १ र २ अनुसार नेपालको राष्ट्रिय झण्डा जलाउने र च्यात्नेलाई तीन वर्षसम्म कैद वा ३० हजारसम्म जरिवाना वा दुवै हुने उल्लेख छ ।

यस्ताे छ यूट्यबमा गीत

https://www.youtube.com/watch?v=THyGVAWzSx4

वि.सं.२०७७ भदौ २ मंगलवार १४:५१ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...