back
CTIZAN AD

कैदीबन्दीमा कोरोना देखिएपछि जिल्ला अस्पताल सिल

वि.सं.२०७७ भदौ २ मंगलवार

690 

shares

२ भाद्र, काठमाडौँ । जिल्ला कारागारमा रहेका कैदीबन्दीमा कोभिड –१९०को संक्रमण देखिएको छ । जिल्ला अस्पतालमा शनिबारदेखि उपचाररत कैदीबन्दीमा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले बताए ।

जबरजस्ती करणी मुद्दामा चार वर्षदेखि कारागारमा कैद सजाय भोग्दै आएका ६० वर्षीय एक कैदीको सोमबार राति आएको रिपोर्टमा कोरोना संक्रमण देखिएपछि उनको उपचार गराइएको जिल्ला अस्पतालसमेत शिल गरिएको हो । कैदीबन्दीलाई ज्वरो, रुघाखोकीका साथै श्वासप्रश्वासमा समेत समस्या देखिएपछि शनिबार उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो ।

कैदीबन्दीका उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र अन्य सम्पर्कमा आएका व्यक्तिको अहिले कन्ट्रयाक्ट ट्रेसिङ शुरु भएको छ । कारागारमा १५० कैदीबन्दी छन् । प्रहरीमा कोरोनाको संक्रमण देखिएपछि कारागारको सुरक्षासमेत नेपाली सेनाले गर्दै आएको छ । प्रहरीमा कोरोना देखिएपछि कारागार भित्र आउजाउ गर्न बन्द गरिएका अवस्थामा पनि कोरोना संक्रमण देखिएकाले आफू अन्योलमा परेको जेलर चूडामणि भण्डारीले बताए ।

जिल्ला अस्पतालले आज सूचना जारी गर्दै अस्पतालमा उपचार गराइएका कारागारका एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएकाले अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र सम्पर्कमा आएका अन्य व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङ गर्नुपर्ने र अस्पताल निर्मलीकरण गर्नुपर्ने भएकाले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले यही भदौ ८ गतेसम्म अस्पताल शिल गर्ने निर्णय गरेकाले सबै सेवा बन्द गरिएको जनाएको छ । कैदीबन्दीमा संक्रमण पुष्टि भएसंँगै जिल्लामा संक्रमितको संख्या ३०४ पुगेको छ भने १७२ जना निको भएर घर फर्किएका छन् ।

वि.सं.२०७७ भदौ २ मंगलवार १८:११ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...