back
CTIZAN AD

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा भण्डारी

वि.सं.२०७७ भदौ २ मंगलवार

825 

shares

२ भाद्र, काठमाडौँ । सरकारले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी (पौडेल) लाई तोक्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई कार्यवाहक अध्यक्षमा तोक्ने निर्णय गरेको अर्थ एवं सञ्चार तथा सूचना प्रवित्रिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए । यसअघि सञ्चार मन्त्रालयले भण्डारीलाई काउन्सिलको सदस्यमा नियुक्ति गरेको थियो । भण्डारी विगत २५ वर्षदेखि मोफसलमा पत्रकारिता गर्दै आएकी छन् । झापा भद्रपुर नगरपालिका–८ मा जन्मिनुभएका भण्डारी हाल पोखरा महानगरपालिका–५ मा बस्दै आएकी छन् ।

आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर तह उत्र्तिण गरेकी उनी कानून व्यवसायी हुन् । नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य, प्रेस चौतारी नेपालको सचिव र सञ्चारिका समूह पश्चिमाध्चलको अध्यक्ष रहेकी छन् ।

यसैगरी काउन्सिलको सदस्य पदमा पत्रकार दीपक पाण्डेले नियुक्ति भएका छन् । पत्रकार महासङ्घको केन्द्रीय सदस्य तथा लेखा संयोजक रहिसकेका पाण्डे दृष्टि साप्ताहिक, प्रकाश साप्ताहिकको सम्पादकको रुपमा काम गरिसकेका छन् । उनी हाल जनता टेलिभिजनको सम्पादक सल्लाहकारको रुपमा रहेका छन् । पाण्डेको सोमबार काउन्सिलमा सपथ ग्रहण गरिसकेका छन् ।

वि.सं.२०७७ भदौ २ मंगलवार १९:२७ मा प्रकाशित

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...