back
CTIZAN AD

एसईई विद्यार्थीहरुका लागि टेलिकमद्वारा आकर्षक प्याकेज सार्वजनिक

वि.सं.२०७७ भदौ २ मंगलवार

1.1K 

shares

हरेक पटक रिचार्ज गरेपछि प्राप्त हुने सुविधा एक वर्ष अवधिसम्म उपयोग गर्न सकिने जनाइएको छ ।

२ भाद्र, काठमाडौँ । नेपाल टेलिकमले माध्यमिक शिक्षा परीक्षा (एसईई) पास गरेका विद्यार्थीहरुका लागि आकर्षक प्याकेज सार्वजनिक गरेको छ ।

यो अफरमा एसईईमा सहभागी विद्यार्थीलाई निःशुल्क सिम कार्ड र सीमित भ्वाइस कल तथा इन्टरनेट डाटा प्याक पनि निःशुल्क दिनेछ । उक्त सीम टेलिकमका देशभर रहेका काउन्टरहरुबाट निःशुल्क उपलब्ध हुने छन् । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सीम छ भने त्यही सीममा अफर उपलब्ध गराउने व्यवस्था समेत गरिएको बताइएको छ ।

नयाँ सिम लिनका लागि विद्यार्थीहरुले एसईई प्रवेश–पत्रको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्नेछ । सिम लिइसकेपछि अफरहरु प्राप्त गर्नका लागि नयाँ मोबाइल नम्बरबाट ८१६००३ मा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्ममिति (विक्रम संवत) मा उल्लेख गर्नुपर्छ ।

नयाँ लिइएका सिमकार्ड एक्टिभ भएपश्चात् उनीहरुलाई स्टुडेन्ट रजिष्ट्रेसन प्याक योजनाअन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी र ५ वटा एसएमएस गर्न तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने गरी मासिक ३ हजार एमबी डाटा, ३५० मिनेट टकटाइम र १५० वटा एसएमएसको सुविधा प्राप्त टेलिकमले जनाएको छ ।

नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले सिम कार्डमा प्रमुख ब्यालेन्सको रुपमा उपलब्ध हुने १० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् भने यो बाहेक ४० मिनेट टक टाइम र २० वटा एसएमएससहितको सुविधा एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सक्नेछन् । त्यसैगरी त्यही अवधिमा ६० एमबी डाटा पनि चलाउन सकिनेछ । यी अफरसहितका सिम अहिलेलाई तीन महिनासम्म उपलब्ध गराइनेछ ।

नयाँ सिममा ५० रुपैयाँ वा त्योभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि पाँच सय एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधासमेत उपलब्ध हुनेछ । यो बोनस बापत पाइएको सुविधा तीन दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ । हरेक पटक रिचार्ज गरेपछि प्राप्त हुने सुविधा एक वर्ष अवधिसम्म उपयोग गर्न सकिने जनाइएको छ ।

एसईईका विद्यार्थीहरुका लागि कम्पनीले निःशुल्क प्रदान गरेका वा पहिलेदेखि नै प्रयोगमा रही विद्यार्थी सिमका रुपमा रुपान्तरण गरिएका सिम कार्डमा मागअनुसार स्वतः ई–शिक्षा प्याकेजसमेत उपलब्ध गराउने पनि कम्पनीले जनाएको छ ।

त्यस्तै यसअघि ई–शिक्षा प्याकेजमा प्रदान गरिएको बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्र प्रयोग गर्न सकिने समयावधिलाई थप गरी अबदेखि बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रयोग गर्न सकिने बनाइएको छ ।

वि.सं.२०७७ भदौ २ मंगलवार १८:५० मा प्रकाशित

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

काठमाडौँ । झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...