back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा भदौ २ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ भदौ २ मंगलवार

648 

shares

२ भदौ, काठमाण्डौं । नेपालमा मंगलबार ( २ भदौ) सम्म पिसीआर प्रविधिबाट ५ लाख ८२ हजार ८६६ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १३ हजार ४६१ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशका विभिन्न अस्पतालका आइसोलेशन सेन्टरहरु तथा होम आइसोलेशनमा १० हजार ५६३ जना संक्रमित रहेका छन् ।

साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या १३ हजार ९२६ रहेको छ । यो संख्या केहि दिन यता बढ्दै गएको हो ।

आज थपिएका १०१६ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ भने आज ८५ निको भएर डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १७ हजार ५८० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथ आज थपिएका सात जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।

आज १०१६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २८,२५७ पुग्यो
नेपालमा आज (भदौ २ गते) काठमाण्डौं उपत्यकाका २०५ जनासहित १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रदेश १ को झापामा २१, खोटाङमा १, मोरङमा १०८, ओखलढुंगामा १, पाँचथरमा १, सुनसरीमा ८, उदयपुरमा २ र संखुवासभामा ३ जना संक्रमित भएका छन् ।

प्रदेश २ को बारामा ४२, धनुषामा ६४, महोत्तरीमा २४, पर्सामा १२८, रौतहटमा ३७, सप्तरीमा ३, सर्लाहीमा १०७ र सिराहामा १६ जना संक्रमित थपिएका छन् ।

बाग्मती प्रदेशको भक्तपुरमा १७, चितवनमा ४९, धादिङमा २, दोलखामा २, काठमाण्डौमां १३८, काभ्रेपलान्चोकमा २१, ललितपुरमा ५०, मकवानपुरमा ३०, सिन्धुली १ र सिन्धुपाल्चोकमा ३ जना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशको बाग्लुङमा ३, गोर्खामा २, कास्कीमा १६, लम्जुङमा १, नवलपरासीपूर्वमा ४, स्याँङजामा १ तनहुँमा २ जना संक्रमित थपिएका छन् ।

प्रदेश नं ५ को बाँकेमा ६, बर्दियामा ९, दाङमा १, कपिलवस्तुमा १९, नवलपरासी पश्चिममा १, रोल्पामा १ र रुपन्देहीमा १४ जना संक्रमित थपिएका छन् ।

कर्णाली प्रदेशको दैलेखमा ५, रुकुमपश्चिममा १, सुर्खेतमा १ जना संक्रमित थपिएका छन् ।

सुदूरपश्चिम प्रदेशको दार्चुलामा २, डोटीमा ४६, कैलालीमा १ र कन्चनपुरमा १ जना संक्रमित थपिएसँगै आज जम्मा १ हजार १६ जना संक्रमित थपिएका छन् आज थपिएका १ हजार १६ जनासँगै हालसम्म २८ हजार २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुन प्रदेशमा कति संक्रमित उपचाररत छन् त ?
प्रदेश १ मा ९७८ प्रदेश २ मा २०७६ बाग्मति प्रदेशमा २,५१४ गण्डकी प्रदेशमा २७९ प्रदेश नं ५ मा ७७९ कर्णाली प्रदेशमा २०८ र सुदूरपश्चिम प्रदेशमा ८३२ जना निको भएका छन् ।

यस्तो छ होम आइसोलेशनमा रहनेको संख्या
प्रदेश १ मा १९७ प्रदेश २ मा २३४९, बाग्मति प्रदेशमा १११, गण्डकी प्रदेशमा २७, प्रदेश नं ५ मा १७० कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिम प्रदेशमा २५ गरी जम्मा २,८८७ जना होम आइसोलेशनमा रहेका छन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा २११५, प्रदेश २ मा १४८३, बाग्मति प्रदेशमा ८९८ जना, गण्डकी प्रदेशमा २,९७३ प्रदेश नं ५ मा २०९० कर्णाली प्रदेशमा ६८१ र सुदूरपश्चिम प्रदेशमा ३६९६ जना विभिन्न क्वारेन्टिनमा रहेका छन् ।

हालसम्म १७,५८० जना कोरोना संक्रमणबाट मुक्त
नेपालमा आज ८५ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत ८५ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।
आज ८५ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म निको हुनेको संख्या १७ हजार ५८० पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमित मध्ये ६६ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

कुन प्रदेशमा कति निको भए त हालसम्म ?
प्रदेश १ मा १,११३ प्रदेश २ मा ३७४२ बाग्मति प्रदेशमा ७१८ गण्डकी प्रदेशमा १५५० प्रदेश नं ५ मा ४२८९ कर्णाली प्रदेशमा १९५७ र सुदूरपश्चिम प्रदेशमा ४२११ गरी हालसम्म १७ हजार ५८० जना निको भएका छन् । निको हुनेको यो संख्या ६२.२ प्रतिशत हो ।

आज कोरोना संक्रमणबाट आज ७ जनाको मृत्यु, मृतकको संख्या ११४ पुग्यो
नेपालमा कोरोना संक्रमणबाट आज ७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज मृत्यु हुनेमा काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीका १÷१ जना पुरुष र तनहुँकी १ महिलाको मृत्यु भएको पुष्टि भएको हो ।
आज ७ जनाको मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म ११४ जनाको मृत्यु भएको छ ।

त्यसैगरी हालसम्म सातै प्रदेशमध्ये प्रदेश १ मा १४ जना, प्रदेश २ मा ४६ जना, बाग्मती प्रदेशमा ५२ जना, गण्डकी प्रदेशमा ६ जना र प्रदेश नं ५ मा १० जना गरेर जम्मा १२८ जना संक्रमितको आइसीयुमा उपचार भइरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा आइसीयुमा रहनेको संख्या शून्य रहेको छ । त्यसैगरी बाग्मती प्रदेशमा ८ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

कुन प्रदेशमा कति आइसीयु र भेन्टिलेटर छन त ?
स्वास्थ्य मन्त्रालयका अनुसार देशका सातै प्रदेशमध्ये प्रदेश १ मा ४४, प्रदेश २ मा ४८, बाग्मति प्रदेशमा ६३० गण्डकी प्रदेशमा १३७, प्रदेश नं ५ मा २९ कर्णाली प्रदेशमा ४० र सुदूरपश्चिम प्रदेशमा १८ वटा आइसीयु कोरोना संक्रमितको उपचारका लागि छुट्याइएको छ ।

त्यस्तै प्रदेश १ मा १९ प्रदेश २ मा १७ बाग्मति प्रदेशमा ३६१ गण्डकी प्रदेशमा ५९ प्रदेश नं ५ मा १३, कर्णाली प्रदेशमा १७ र सुदूरपश्चिम प्रदेशमा १० वटा भेन्टिलेटर रहेका छन् । मन्त्रालयका अनुसार आवस्यकता अनुसार भेन्टिलेटर थप गर्ने मन्त्रालयको तयारी रहेको छ ।

पाँचसय भन्दा बढी संक्रमित उपचार रहेका यी जिल्ला
त्यसैगरी ५०० भन्दा बढी संक्रमित उपचाररत रहेको जिल्लामा महोत्तरी, पर्सा, रौतहट, मोरङ र काठमाण्डौं रहेका छन् भने संक्रमण मुक्त जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेको मन्त्रालयले जानकारी दिएको छ ।

एटिएम प्रयोगमा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध
देशमा कोरोना संक्रमण बढ्दै गएपछि थप शतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।
बिभिन्न बैंकका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको र बैंक तथा वित्तिय संस्था सिल गरिएको अवस्थामा बैकिङ कारोबारका लागि एटिएम सबैभन्दा उपयुक्र्त माध्यम बनेको छ । तर, एटिएमबाट पैसा निकालिसकेपछि थप साबधानी अपनाउन मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एटिएमबाट पैसा निकालिसकेपछि हातमा सेनिटाइजर प्रयोग गर्न अनुरोध गरेका हुन् ।
त्यस्तै एटिएम व्यवस्थापन गर्ने बैंकहरुले पनि डिसइन्फेक्टेन्ट प्रयोग गर्न अनुरोध गरेका छन् ।

त्यसैगरी होम आइसोलेशनमा बस्दा संक्रमितहरु छिटो ठिक हुने र विदेशमा गरिएको अनुसन्धानहरुमा होम आइसोलेशनमा बस्नेहरुको मृत्युदर पनि कम रहेको पत्ता लागेको पनि मन्त्रालयले बताएको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा भदौ १ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ भदौ २ मंगलवार १८:५० मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...