back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा भदौ १ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ भदौ १ सोमवार

717 

shares

१ भदौ काठमाण्डौं । नेपालमा सोमबार ( १ भदौ ) सम्म पिसीआर प्रविधिबाट ५ लाख २९ हजार ४२७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ११ हजार ५२० वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशका विभिन्न अस्पतालका आइसोलेशन सेन्टरहरुमा ७,०३८ जनाको उपचार भइरहेको छ । त्यस्तै होम आइसोलेशनमा २,६०१ जना रहेका छन् ।
साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या १५ हजार १९८ रहेको छ । यो संख्या केहि दिन यता बढ्दै गएको हो ।
आज थपिएका ५८१ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या हजार २७ हजार २४१ पुगेको छ भने आज निको भएर १६० जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १७ हजार ४९५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथ आज थपिएका तीन जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका १६८ सहित ५८१ जनामा कोरोना संक्रमण
नेपालमा आज (भदौ १ गते) काठमाण्डौं उपत्यकाका १६८ जनासहित ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी काठमाण्डौंमा १३९ जना, पर्सामा ७७ जना मोरङमा ३२ जना, रुपन्देहीमा ३२, सुनसरीमा ३१ जना, प्युठानमा २८ जना, बाँकेमा २४ जना संक्रमित थपिएका छन् । साथै आज भक्तपुरमा १४ जना र ललितपुरमा १५ जना नयाँ संक्रमित थपिएका छन् ।

कास्की १५, रौतहट १९, सर्लाही १७, कैलालीका १६, कन्चनपुर १२, झापा ८, सिन्धुपाल्चोक ५, धनुषामा ५ जना, धादिङ, काभ्रे,मकवानपुर र स्याङजामा ४÷४ जना, जुम्लामा जना, महोत्तरी, तनहुँ, दाङ र कपिलवस्तुमा २\२ जना संक्रमित थपिएका छन् ।

आज काठमाडौं उपत्यकाका १६८ सहित ५८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७,२४१ पुग्यो

त्यस्तै नुवाकोट, डडेल्धुरा, दैलेख, नवलपरासीपश्चिम, अर्घाखाँची, सल्यान, सप्तरी, मकवानपुर चितवन र नवलपरासीपुवर्मा १\१ जना गरेर आज जम्मा ५८१ जनामा संक्रमण पुष्टि भएको छ । जसमा १७३ जना महिला र ४०८ जना पुरुष रहेका छन् ।  आज थपिएका ५८१ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २७ हजार २४१ पुगेको छ ।

कुन प्रदेशमा कति उपचाररत छन् त ?
प्रदेश १ मा ९१० प्रदेश २ मा १८६७ बाग्मति प्रदेशमा २२१८ गण्डकी प्रदेशमा २९७ प्रदेश नं ५ मा ७३५ कर्णाली प्रदेशमा २१२ र सुदूरपश्चिम प्रदेशमा ७९९ जना संक्रमितको विभिन्न अस्पतालका आइसोलेशनमा उपचार भइरहेको छ ।

होम आइसोलेशनमा
प्रदेश १ मा १२२ प्रदेश २ मा २,१७० बाग्मति प्रदेशमा १११ गण्डकी प्रदेशमा शून्य, प्रदेश नं ५ मा १८५, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिम प्रदेशमा १२ जना गरी जम्मा २,६०१ जना होम आइसोलेशनमा रहेका छन् ।

आज १६० जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या १७,४९५ पुग्यो
नेपालमा आज १६० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत १६० जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।

आज १६० जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म निको हुनेको संख्या १७ हजार ४९५ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमित मध्ये ६४ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
कोरोना संक्रमणबाट आज पनि ३ जनाको मृत्यु, मृतकको संख्या १०७ पुग्यो

नेपालमा आज (भदौ १ गते) कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मृत्यु भएकामा रौतहटका १ मोरङका १ र काठमाण्डौंका १ जना गरी ३ जनाको मृत्यु भएको हो । आज रौतहटका ३२ वर्षीय १ पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंमा ५८ वर्षीया १ महिला गरी आज तीनजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्म १०७ पुगेको छ ।

नेपालमा साउन ३२ सम्मको कोरोना अपडेटः २६,६६० संक्रमित, १७,३३५ जना निको, मृतकको संख्या १०४ पुग्यो

वि.सं.२०७७ भदौ १ सोमवार १९:२२ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...