१ भदौ, काठमाण्डौं । नेपालमा आज (भदौ १ गते) काठमाण्डौं उपत्यकाका १६८ जनासहित ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी काठमाण्डौंमा १३९ जना, पर्सामा ७७ जना, बारामा ५८ जना, मोरङमा ३२ जना, रुपन्देहीमा ३२, सुनसरीमा ३१ जना, प्युठानमा २८ जना, बाँकेमा २४ जना संक्रमित थपिएका छन् । साथै आज भक्तपुरमा १४ जना र ललितपुरमा १५ जना नयाँ संक्रमित थपिएका छन् ।
एपिएफ अस्पताल काठमाण्डौंमा काठमाण्डौंका ६ जना, भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका २४, सल्यानका १ जना, विद ल्याव ललितपुरमा बाराका १, भक्तपुरका १, काठमाण्डौंका ६, ललितपुरका १, पर्साका ३ जना, विर अस्पालमा बाराका १, काठमाण्डौंका ११, पर्सा र सप्तरीका १÷१ जना, धुलिखेल अस्पतालमा बाराका १४, काठमाण्डौं २, पर्साका ५८ र काभ्रेका ४ जना, ह्याम्स अस्पतालमा भक्तपुरका ३, काठमाण्डौंका १६, महोत्तरीका १, पर्साका १, धनुषाका १ जना, काठमाण्डौं मेडिकल कलेजमा काठमाण्डौं ४, ललितपुरका १ र भक्तपुरका १ जना संक्रमित थपिएका छन् ।
त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बाराका ३५, भक्तपुरका १, काठमाण्डौंका २०, ललितपुरका ३, पर्साका २, रौतहटका ३, सर्लाहीका १३, सिन्धुपाल्चोकका ५, विरेन्द्र अस्पतालमा कास्कीका १, काठमाण्डौं ७ जना, सूर्या हेल्थ केयर काठमाण्डौंमा काठमाण्डौंका १, भक्तपुरका १, पर्साका १, स्टार अस्पतालमा बाराका १, भक्तपुरका २, दाङका १, काठमाण्डौंका ७, ललितपुरका ३, धनुषाका १, मकवानपुरका १, झापाका १ र धादिङका २ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतामा गरिएको परीक्षणमा बाराका २, भक्तपुरका २, काठमाण्डौंका २०, ललितपुरका ४, पर्साका १, रौतहटका ८ र सर्लाहीका १ जना र चितवनका १ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै टिचिङ अस्पतालमा भक्तपुरका १, काठमाडौंका ११, महोत्तरीका १, पर्साका २, रुपन्देहीका २, सर्लाहीका १, धादिङका २, तनहुँ र नुवाकोटका १÷१ जना, नेपाल प्रहरी अस्पतालमा काठमाण्डौंका १७, ललितपुरका १ जना, नेपाल कोरिया मैत्री अस्पतालमा भक्तपुरका २, काठमाण्डौंका ९, ललितपुरका २, पर्साका २ जना, जनामा संक्रमण पुष्टि भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा मोरङका ११, धनुषाका १, झापाका १, सुनसरीका ३१ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा मोरङका ७, नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा बाराका ५, पर्साका ६ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा काठमाण्डौंका २, मोरङका २२, झापाका ६, सुर्खेत र तनहुँका १/१ जना संक्रमित थपिएका छन् ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुराका १ जना, स्वास्थ्य कार्यालय दैलेखमा दैलेखका १, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जुम्लाका ३ जना, सेति प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा कैलालीका १६, कन्चनपुरका १२ जना, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा नवलपरासी पश्चिमका १, रुपन्देहीका १०, कपिलवस्तुका १, नेशनल प्याथल्याव बुटवलमा रुपन्देहीका ११, कपिलवस्तुका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका १, प्युठानका २८,रुपन्देहीका ९ जना, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा दाङका १ जनामा संक्रमण देखिएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा कास्कीका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा कास्कीका १२, नवलपरासीपुर्वका १, स्याङजाका ४ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा मकवानपुरका ३ सर्लाहीका २ जना गरेर आज जम्मा ५८१ ज्नामा संक्रमण पुष्टि भएको छ । जसमा १७३ जना महिला र ४०८ जना पुरुष रहेका छन् ।
आज थपिएका ५८१ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २७ हजार २४१ पुगेको छ ।
आज काठमाण्डौं उपत्यकाका १७२ सहित ६४१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६,६६० पुग्यो
वि.सं.२०७७ भदौ १ सोमवार १७:१२ मा प्रकाशित






























