back
CTIZAN AD

देश बनाउने हो भने पनि राज्यले दक्ष इञ्जिनियर उत्पादन तिर ध्यान दिनुपर्छ

वि.सं.२०७७ भदौ १ सोमवार

1.9K 

shares

विश्वका दुई शक्तिशाली राष्ट्रहरुको बीचमा रहेको नेपालमा उनीहरुको विकासको तुलनामा १ प्रतिशत पनि विकास भएको छैन् । देश बन्यो र समृद्ध भयो भने अबको १० वर्षभित्रै लाखौं इन्जिनियरको खाँचो हुन्छ। देश बनाउने हो भने पनि राज्यले दक्ष इञ्जिनियर उत्पादन तिर ध्यान दिनुपर्छ ।

हाम्रो देश नेपाल एक विकासोन्मुख, प्राकृतिक रुपमा नै अति सुन्दर राष्ट्र हो। हाम्रो देशलाई प्रकृतिले धेरै कुरा दिएको छ, तर ति प्रकृतिसम्म देश तथा विदेशका विभिन्न मानिसहरुको पहुचको लागि देशमा विकास हुनु अति नै आवश्यक छ। कुनै पनि देशको पूर्वाधार जस्तै शिक्षा, सञ्चार, विभिन्न संरचनाहरू र विकासका लागि इन्जिनियरिङ क्षेत्रको भूमिका अपरिहार्य रहेको छ। अँध्यारोतिर लम्किएको देशको भविष्यलाई विकासको उज्यालोतर्फ मोड्ने अभियानकर्ता इन्जिनियर हुन्। नयाँ–नयाँआविष्कारमा रमाउने र आफूमा भएको ज्ञानले संसार परिवर्तन गर्ने शक्ति इन्जिनियरमा हुन्छ।

यस्तै विभिन्न खोज र आविष्कारको माध्यम इन्जिनियरिङ पेशा वर्तमान समाजमा धेरै विद्यार्थीको सपना बनेको छ। यो प्राविधिक युगमा इन्जिनियरिङ विषयभिन्न रचनात्मक कला भएका विद्यार्थीका लागि लोकप्रिय रोजाई बनेको छ। नेपालमा रहेका सबै विश्वविद्यालय पनि गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्छन्। समग्रमा नेपालको इन्जिनियरिको पढाइ विश्वमै स्तरीय मानिन्छ। इन्जिनियरिङ अध्ययन गर्न चाहने विद्यार्थीको निम्ति सैद्धान्तिक ज्ञानदेखि व्यावहारिक अभ्याससम्मको ज्ञान नेपालमै राम्रो छ। अन्य देश को तुलनामा नेपालकै इन्जिनियरिङको शिक्षा नेपाली परिवेशमा सर्वोत्तम मानिन्छ।

नेपालमा पढ्ने विधार्थीले नेपालको माटो, परिवेशअनुसार काम गर्न सक्ने साथै सैद्धान्तिक ज्ञान र व्यावहारिक अभ्यास पनि हुन्छ। विद्यार्थीले विदेशी विश्वविद्यालयको प्रमाणपत्र लिनु त राम्रो तर स्वदेश फर्किएर सेवा गर्नेको संख्या चाहिँ कम हुनुले पलायनलाई मात्रै प्रोत्साहन दिएको जस्तो देखिन्छ । तर, बाहिर पढेर आउनेलाई व्यावहारिक अभ्यास कम हुँदा यहाँ आएर के गर्ने, के नगर्ने भन्ने समस्या धेरैमा पाइन्छ। कतिपय विद्यार्थी उतै बस्ने, यहाँको सम्पत्ति बेचेर उतै पलायन हुने प्रवृत्ति पनि बढ्दै गएको छ। यसले अर्थतन्त्रमा जोखिम ल्याउँछ।

अर्को कुरा, प्लस टू सकेर विदेश गएको विद्यार्थीहरु मध्ये ९० प्रतिशत विद्यार्थीहरुले आफ्नो पढाईलाइ बीचमा नै रोकेर पैसा कमाउने धन्दामा लागेका पनि छन् । किनकि नेपालीले यहाँबाट डलरमा त्यहाँको फि तिर्न सक्दैन। कुनै दिन ति देशले विदेशीलाई फर्काउने नीति ल्यायो भने हाम्रा विद्यार्थीहरुको बेहाल हुन पनि सक्छ किनकि हाम्रा विधाथीहरुसँग न डिग्री छ, न त्यहाँको समाज खाली पैसा मात्र। यहाँ पढ्ने विद्यार्थीको सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यास पनि यही हुन्छ।

हामीले खोजेजस्तो शिक्षा र सोहीअनुसारको अभ्यास विदेशमा हुँदैन्। त्यसैले बाहिर पढेर आउनेलाई व्यावहारिक अभ्यास कम हुँदा यहाँ आएर के गर्ने, के नगर्ने भन्ने समस्या धेरैमा पाइन्छ। विदेश पढ्न जाने प्रवृत्ति देशकै लागि चुनौती छ। स्नातकसम्म आफुसँगै आफ्नै देशमा पढ्ने वातावरण बनाउन आवश्यक छ । हरेकका अभिभावकले पनि आफ्ना सन्ततीले दुःख नपाउन भन्ने सोंच्छन् ।

कसैलाइ विदेश जाने तिब्र इच्छा छ भने मास्टर्स वा पीएचडी गर्न जाने वातावरण बनाउनुस तर, विदेशबाट पढेर फर्केपछि उनीहरुलाई काम गर्ने वातावरण सरकार र सम्बन्धित निकायले निर्माण गर्नुपर्छ । कहिलेसम्म गरिब देशको नागरिक भनेर परिचय दिने ? यही प्रश्नले गर्दा, लगभग ७० प्रतिशत युवा जति विदेशमा पलायन भैसकेका छन् । आज २० बर्षदेखि ३५ वर्षसम्मका युवालाई देशमा बस्ने र काम गर्ने वातावरण मिलाउन सके देश नै स्वर्ग बन्छ ।

पढेका या नपढेका युवा जति विदेश जाने भएपछि देश कसरी बन्ने ? अनी अर्को कुरा, नेपाली युवाहरु त्यसै पलायन पनि भएका होइनन । र, कसैलाइ आफ्नो जन्म थलो छाडेर विदेश जानु इच्छा पनि हुँदैन । तर, युवाहरुको निम्ति यो बाध्यता बनेको छ । मानिस हो सुबिधा खोज्छ, त्यसैले विदेशीनुको विकल्प छैन् । कतिपय विदेशबाट फर्केकाले पनि हामीले गलत त गरेनौ भनेका छन् ।

विश्वका दुई शक्तिशाली राष्ट्रहरुको बीचमा रहेको नेपाल उनीहरुको विकासको तुलनामा १ प्रतिशत पनि विकास भएको छैन् । देश बन्यो र समृद्ध भयो भने अबको १० वर्षभित्रै लाखौं इन्जिनियरको खाँचो हुन्छ। देश बनाउने हो भने पनि राज्यले दक्ष इञ्जिनियर उत्पादन तिर ध्यान दिनुपर्छ ।

(लेखक पौडेल हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेज, पुतलीसडक, काठमाडौंका एकाडेमिक डाइरेक्टर हुन्)

वि.सं.२०७७ भदौ १ सोमवार १७:२५ मा प्रकाशित

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...