back
CTIZAN AD

प्राघिकरणको नाफा ११ अर्ब, निरन्तर घाटा हुने सर्बजनिक संस्थानको बिरासत तोड्दै अघि बढ्दै

वि.सं.२०७७ भदौ १ सोमवार

843 

shares

१ भदौ, काठमाडौं । गत आर्थिक वर्षमा नेपाल बिद्युत प्रधिकरणले ११ अर्ब ५ करोड रुपैंयाँ खुद मुनाफा गरेको छ । यो आम्दानी अघिल्लो आर्थिक बर्षकोभन्दा १२.६४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक बर्षमा प्राधिकरणको नाफा ९ अर्ब ८१ करोड रुपैंयाँ रहेको थियो । योसंगै निरन्तर घाटाहुने सर्बजनिक संस्थानको बिरासतलाई तोडेको छ ।

आर्थिक बर्ष ०७५।७६ सम्ममा प्राधिकरणको संचित नोक्सानी १२ अर्ब २३ करोड रुपैंयाँ रहेको थियो । तर आ.व.०७६।७७ मा भने प्राधिकरणले अघिल्ला वर्षको आय ६ अर्ब ४ करोड रुपैंयाँ सहित संचित मुनाफा ४ अर्ब ८६ करोड रुपैंयाँ आर्जन भएको छ । गत आ.व.०७६।७७ मा विद्युत बिक्री तथा अन्य आम्दानी सहित कुल ७७ अर्ब ८० करोड रुपैंयाँ आम्दानी भएको छ । जुन गत आ.व.०७५।७६ को तुलनामा २.०९५ ले बढी हो । गत आ.व.०७५।७६ मा प्राधिकरणको आम्दानी ७६ अर्ब २० करोड रुपैंयाँ रहेको थियो ।

नियमित विद्युत सप्लाई गर्न सफल भएको तथा विद्युत खपतमा वृद्धि भएका कारण आम्दानीमा वृद्धि हुन पुगेको प्राधिकरणको भनाई छ । कोरोना भाईरसको माहामारीको कारण बिद्युतको खपतमा अपेक्षाकृत बृद्धि हुन नसकेको प्रधिकरणले जनाएको छ ।

गत आर्थिक वर्ष ०७६।७७ मा प्राधिकरणको सञ्चालन खर्च अघिल्लो आर्थिक वर्ष ०७५।७६ भन्दा १.९५ ले कम भएको छ । गत बर्ष प्रधिकरणको ५९ अर्ब २२ करोड रुपैंयाँ खर्च भएको थियो भने अघिल्लो बर्ष ५८ अर्ब ७ करोड रुपैंयाँ खर्च भएको थियो ।

विद्युत खरीद बापत अघिल्लो बर्ष ३८ अर्ब ८९ करोड रुपैंयाँ खर्च गरेको प्राधिकरणले गत बर्ष भने ३५ अर्ब १९ करोड रुपैंयाँ मात्र खर्च गरेको छ । गतबर्षको आम्दानी ७३ अर्ब ७६ करोड रुपैयाँ भएकोमा सञ्चालन खर्च ५८ अर्ब ६ करोड रुपैंयाा घटाउँदा उसको सञ्चालन मुनाफा १५ अर्ब ६९ करोड रुपैंयाँ हुन आउँछ । जुन आ।व। ०७५।७६ को तुलनामा करिब ३०.२१५ प्रतिशतले बढी हो । गतबर्ष प्राधिकरणको सञ्चालन मुनाफा १२ अर्ब ५ करोडरुपैंयाँ रहेको थियो ।

त्यस्तै उपलब्ध विद्युतमा विद्युत खरीदको हिस्सा झण्डैं ६०.९८ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ । विद्युत बिक्री बापत भएको आम्दानी ६८ अर्ब ५३ करोड रुपैंयाँ मध्ये करिब ५१.३५५ प्रतिशत रकम विद्युत खरीदमा खर्च भएको उसको भनाई छ ।

आर्थिक वर्ष ०७५।७६ को तुलनामा विद्युत आयात घटेकाले गत बर्ष विद्युत खरीद वापतको लागत करिब ९.५१५ प्रतिशतले घट्न गएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका अनुसार गतबर्ष अन्य सञ्चालन खर्च उत्पादन, रोयल्टी, प्रसारण तथा वितरणतर्फको क्रमशः २ अर्ब ११ करोड रुपैंयाँ, १ अर्ब ५७ करोड रुपैंयाँ, २ अर्ब १५ करोड रुपैंयाँ तथा ९ अर्ब २५ करोड रुपैंयाँ रहेको थियो ।

गत बर्ष नै प्राधिकरणले दीर्घकालीन ऋणको व्याज आ.व. ०७५।७६ को तुलनामा ४ अर्ब ७४ करोड रुपैंयाँ पुगेको छ अघिल्लो बर्ष यो खर्च ३ अर्ब ९८ करोड रुपैंयाँ रहेको थियो । त्यस्तै ह्रास कट्टी खर्च पनि झण्डै ३.०५५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ४ अर्ब ८५ करोड रहेको यो खर्च बढेर ५ अर्ब पुगेको छ ।

प्राधिकरणका अनुसार गत बर्ष विदेशी मुद्रा विनिमयमा अघिल्लो वर्षको नोक्सानी भन्दा ९० लाख रुपैयाँले बढेर ४३ करोड ६० लाख रुपैंयाँ पुगेको छ । त्यस्तै अघिल्लो वर्षसम्मको पूँजिगत खर्च ५४ अर्ब ६३ करोड रुपैंयँले थप भई गत बर्षसम्ममा कुल पूँजिगत खर्च १ खर्ब २४ अर्ब ४७ करोड रुपैंयाँ पुगेको छ ।

प्राधिकरणले कर्मचारीको दीर्घकालीन दायित्वका उपदान, निवृत्तिभरण, औषधि उपचार खर्च, संचित बिदा लगायतका लागि ३ अर्ब ५० करोड रुपैंयाँ छुट्टयाइएको जनाएको छ ।

वि.सं.२०७७ भदौ १ सोमवार १६:२८ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...