back
CTIZAN AD

तीज र कुशे औंशी फोनबाटै मनाऔं, कोरोनाको जोखिम नबढाऔं : जनस्वास्थ्य विद् पाण्डे

वि.सं.२०७७ भदौ १ सोमवार

768 

shares

काठमाडौं । जनस्वास्थ्य विद् डा. रवीन्द्र पाण्डेले आगामी तीज र कुशे औंशीले पनि कोरोना संक्रमण बढाउन सक्ने बताएका छन् । तीजको अवसरमा आफन्तहरुका बीच दरखाने तथा भेटघाट गर्ने क्रम बढ्दा कोरोना संक्रमण बढ्न सक्ने पाण्डेले बताएका हुन् । उनले कुशे औंशीमा खानेकुरा तथा उपहार बोकेर बुबालाई भेट्न नजान आग्रह गरेका छन् ।

जनस्वास्थ्य विद् पाण्डेले अहिलेको तीज रेडियोबाट सुन्न र टेलिभिजनबाट हेर्न आग्रह गरेका छन् । ‘अहिले हामी कोरोना संक्रमणको महामारीमा छौं, हाम्रो ठाउँमा पनि संक्रमित धेरै छन्, को संक्रमित हो तथा को होइन भनेर परीक्षण नगरि थाहा हुँदैन, तसर्थ यसपटकको तीजमा दिदीबहिनी जम्मा हुने, नाचगान गर्ने तथा दर खाने गतिबिधि नगर्नुहुन हार्दिक अनुरोध गर्दछु’ सामाजिक सञ्जाल फेसबेकमा उनले भनेका छन्, ‘त्यस्तै दर खाने नाममा अपच हुनेगरि गरिष्ठ भोजन सेवन गरेमा अम्लपित्त बढेर तथा झाडावान्ता भएर अस्पताल जानुपर्यो भने अर्को जोखिम हुनेछ, हल्का र सधैझैँ सामान्य खाना खाने गरौँ, दरले डर हुन्छ, घरभित्र बसेर गीत गाउँदा कुनै व्यक्ति संक्रमित छ भने उसले सबैजनालाई संक्रमण सार्न सक्छ, यसपटक टेलिभिजन तथा रेडियोमा तीज सुनौं र हेरौं ।’

उनले कुशे औंशीमा बृद्ध भईसकेका बाआमालाई भेटेर संक्रमण नबढाउन आग्रह गरेका छन् । बृद्ध भईसकेकालाई कोरोनाको जोखिम हुनसक्ने भन्दै उनले अहिलेको कुशेऔंशी नभेटी मनाउन आग्रह गरेका छन् ।

‘कुशे औंशीमा बजारमा पाइने खाने कुरा तथा उपहार बोकेर बुवालाई भेट्न सकभर नजानुहोला, हामी संक्रमित हुनसक्छौं, हामीलाई संक्रमणले असर नगरेपनि बुवाआमा जेष्ठ नागरिक हुनुहुन्छ, उहाँहरुमध्ये धेरै जना औषधिसेवी हुनुहुन्छ, संक्रमण सर्यो भने उहाँहरुलाई जोखिम हुनसक्छ ’ उनले लेखेका छन्, ‘यसपटक फोन वा भर्चुवल माध्यमद्वारा शुभकामना तथा आशिर्बाद आदानप्रदान गरौँ ।’

यस्तो छ उनले लेखेको स्टाटस

अहिले हामी कोरोना संक्रमणको महामारीमा छौं । हाम्रो ठाउँमा पनि संक्रमित धेरै छन् । को संक्रमित हो तथा को होइन भनेर परीक्षण नगरि थाहा हुँदैन । तसर्थ यसपटकको तीजमा दिदीबहिनी जम्मा हुने, नाचगान गर्ने तथा दर खाने गतिबिधि नगर्नुहुन हार्दिक अनुरोध गर्दछु । त्यस्तै दर खाने नाममा अपच हुनेगरि गरिष्ठ भोजन सेवन गरेमा अम्लपित्त बढेर तथा झाडावान्ता भएर अस्पताल जानुपर्यो भने अर्को जोखिम हुनेछ । हल्का र सधैझैँ सामान्य खाना खाने गरौँ । दरले डर हुन्छ । घरभित्र बसेर गीत गाउँदा कुनै व्यक्ति संक्रमित छ भने उसले सबैजनालाई संक्रमण सार्न सक्छ । यसपटक टेलिभिजन तथा रेडियोमा तीज सुनौं र हेरौं ।

त्यस्तै कुशे औंशीमा बजारमा पाइने खाने कुरा तथा उपहार बोकेर बुवालाई भेट्न सकभर नजानुहोला । हामी संक्रमित हुनसक्छौं । हामीलाई संक्रमणले असर नगरेपनि बुवाआमा जेष्ठ नागरिक हुनुहुन्छ । उहाँहरुमध्ये धेरै जना औषधिसेवी हुनुहुन्छ । संक्रमण सर्यो भने उहाँहरुलाई जोखिम हुनसक्छ ।

यसपटक १ जना पाहुनालाई समेत घरमा बोलाउने काम नगरौं, आफुपनि पाहुना भएर कतै नजाऔं । महामारीबाट मुक्ति मिलेपछि हरेक दिन चाडपर्व हुनेछन् । दिदीबहिनी वा चेलीबेटीलाई नबोलाए उनीहरुले के भन्छन् होला, बुवाआमालाई नभेट्दा उहाँहरुले के सोंच्नुहोला भनेर हामीले नसोचौं । महामारीको समयमा पाहुना नबोलाएमा वा आफुपनि नगएमा उहाँहरु खुसी हुनुहुनेछ ।

यसपटक फोन वा भर्चुवल माध्यमद्वारा शुभकामना तथा आशिर्बाद आदानप्रदान गरौँ ।

वि.सं.२०७७ भदौ १ सोमवार १५:५६ मा प्रकाशित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय...