back
CTIZAN AD

नेपालमा साउन ३२ सम्मको कोरोना अपडेटः २६,६६० संक्रमित, १७,३३५ जना निको, मृतकको संख्या १०४ पुग्यो

वि.सं.२०७७ साउन ३२ आइतवार

777 

shares

३२ साउन, काठमाण्डौं । नेपालमा आइतबार (३२ साउन) सम्म पिसीआर प्रविधिबाट ५ लाख १७ हजार ९०७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १२ हजार २४७ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ९ हजार २२१ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेशनमा ४९७ जना रहेका छन् ।

साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या १५ हजार २४३ रहेको छ । यो संख्या केहि दिन यता बढ्दै गएको हो ।

आज थपिएका ६४१ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या हजार २६ हजार ६६० पुगेको छ भने आज निको भएर १३४ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १७ हजार ३३५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै आज थपिएका २ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०४ पुगेको छ ।

 

आज ६४१ जना नयाँ संक्रमित थपिए
नेपालमा आज काठमाण्डौं उपत्यकाका १७२ जनासहित ६४१ जना कोरोना संक्रमणका नयाँ विरामी थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी काठमाण्डौंमा १२६ जना, मोरङमा १०० जना, बारामा ६९ जना, पर्सामा ६४ जना, रुपन्देहीमा ५८ जना, ललितपुरमा ३८, चितवनका २७ र धनुषामा ३७ जना थपिएका छन् । साथै आज भक्तपुरमा ८ जना नयाँ संक्रमित थपिएका छन् ।

रौतहट १४, कास्की ११, सप्तरीका ११, नवलपरासी पश्चिम १०, बाँके १०, महोत्तरी ८, दाङ ७, बर्दिया ६, कन्चनपुर ५, तनहुँ ५, सिराहा र कैलालमा ३/३ जना, बर्दिया, सर्लाही, कपिलवस्तु, नवलपरासीपूर्व,सुनसरी र रोल्पामा २/२ जना संक्रमित थपिएका छन् ।

त्यस्तै नुवाकोट, सिन्धुली, मकवानपुर, झापा, इलाम, लम्जुङ, ताप्लेजुङ, जुम्ला, रुकुमपश्चिम, बाग्लुङ र पर्वतमा १/१  जना गरी आज ६४१ जना नयाँ संक्रमित थपिएका छन् । जम्मा २१८ जना महिला र ४२३ पुरुष रहेका छन् ।

आज थपिएका ६४१ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २६ हजार हजार ६६० पुगेको छ ।

आज १३४ जना निको भए
नेपालमा आज १३४ जनाले कोरोनालाई जितेर घर फर्किएसँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या हालसम्मा १७ हजार ३३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत १३४ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।आज १३४ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म निको हुनेको संख्या १७ हजार ३३५ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमित मध्ये ६६ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा १,१०८, प्रदेश २ मा ३,६१२, बाग्मति प्रदेशमा ६५४, गण्डकी प्रदेशमा १,५२८ प्रदेश नं ५ मा ४,२८८, कर्णाली प्रदेशमा १९३८ र सुदूरपश्चिम प्रदेशमा ४२०७ जना गरी हालसम्म १७ हजार ३३५ जना संक्रमणबाट मुक्त भएका छन् ।

कुन प्रदेशका आइसोलेशनमा कति उपचाररत छन् त ?
प्रदेश १ मा ८६५ प्रदेश २ मा ३८६९, बाग्मति प्रदेशमा २०८६ गण्डकी प्रदेशमा २८०, प्रदेश नं ५ मा ६४०, कर्णाली प्रदेशमा २१४ र सुदूरपश्चिम प्रदेशमा ७७० जना विभिन्न अस्पतालका आइसोलेशनमा रहेका छन् ।

होम आइसोलेशनमा ४९७ जना
प्रदेश १ मा ९३, प्रदेश २ मा ९८ बाग्मति प्रदेशमा १०५ गण्डकी प्रदेशमा शून्य, प्रदेश नं ५ मा १८१ कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिम प्रदेशमा १२ गरी ४९७ जना होम आइसोलेशनमा रहेका छन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा २,५८७, प्रदेश २ मा १६३१ बाग्मति प्रदेशमा १७४० गण्डकी प्रदेशमा २,९९९, प्रदेश नं ५ मा २००८ कर्णाली प्रदेशमा ७०२ र सुदूरपश्चिम प्रदेशमा ३५७६ गरी जम्मा १५ हजार २४३ जना विभिन्न क्वारेन्टिनमा रहेका छन् ।

कुन प्रदेशको आइसीयुमा कति उपचारत छन् त ?
प्रदेश २ मा ४१ जना, बाग्मति प्रदेशमा ४७ जना, गण्डकी प्रदेशमा १ जना, प्रदेश नं ५ मा ११ जना गरी जम्मा १०० जना आइसोलेशनमा छन् भने बाग्मती प्रदेशको भेन्टिलेटरमा ६ जना उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बिरामी उपचाररत रहेको जिल्लाहरुमा मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाण्डौं रहेका छन् भने संक्रमित शून्य भएका ५ जिल्लामा मनाङ, मुस्ताङ, संखुवासभा, डोल्पा र हुम्ला रहेका छन् ।

कोरोना संक्रमणबाट आज २ जनाको मृत्यु, मृतकको संख्या १०४ पुग्यो
नेपालमा आज कोरोना संक्रमणबाट २ जनाको जनाको मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पर्सामा एक पुरुष र मोरङमा एक महिला गरी २ जनाको मृत्यु भएको हो ।
कोरोना संक्रमणबाट देशैभरी हालसम्म १०४ जनाको मृत्यु भएको छ । जसमा प्रदेश २ मा मात्रै ४५ जनाको मृत्यु भएको छ ।

कुन प्रदेशमा कतिजनाको मृत्यु भयो त ?
प्रदेश १ मा पुरुष ९ र महिला १ गरी १० जना, प्रदेश २ मा पुरुष ३४ र महिला ११ गरी ४५ जना, बाग्मति प्रदेशमा १३ पुरुष र ५ महिला गरी १८ जना, गण्डकी प्रदेशमा ६ पुरुष, प्रदेश नं ५ मा १० पुरुष र ३ महिला गरी १३ जना, कर्णाली प्रदेशमा ४ पुरुष, र सुदूरपश्चिम प्रदेशमा ५ पुरुष र ३ महिला गरी ८ जनाको मृत्यु भएको छ । जसमा पुरुष ८१ र महिला २३ गरी हालसम्म १०४ जनाको मृत्यु भएको छ ।

यस्तो छ नेपालमा साउन ३१ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ साउन ३२ आइतवार १९:०१ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...