back
CTIZAN AD

यस्तो छ नेपालमा साउन ३१ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ साउन ३१ शनिवार

813 

shares

३१ साउन, काठमाण्डौं । नेपालमा शनिबार (३१ साउन) सम्म पिसीआर प्रविधिबाट ५ लाख ५ हजार ६६० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ११ हजार ४७ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ८,१९३ जनाको उपचार भइरहेको छ ।

जसमा देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ९८ जना र भेन्टिलेटरमा ४ जना उपचाररत रहेको पनि मन्त्रालयले जानकारी दिएको छ । साथै कोभिड-१९ संक्रमितको उपचारका लागि देशैभरी ९४२ वटा आइसीयु भेन्टिलेटरको संख्या ४९६ रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या १४ हजार ४४८ रहेको छ । यो संख्या केहि दिन यता बढ्दै गएको हो ।

आज थपिएका ४६८ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या हजार २६ हजार १९ पुगेको छ भने आज निको भएर आज १२४ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १७ हजार २०१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथ आज थपिएका ४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ ।

आज ४६८ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाण्डौं उपत्यकाका ९५ जनासहित ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी काठमाडौंमा ७८ जना, मोरङमा ६५ जना, सर्लाहीमा ५४ जना, कपिलवस्तुमा ३२ जना, पर्सामा २४ जना, धनुषामा २७ जना र मकवानपुरमा २१ जना संक्रमित थपिएका छन् । साथै आज भक्तपुरमा ९ जना र ललितपुरमा ९ जना नयाँ संक्रमित थपिएका छन् ।

आज काठमाण्डौं उपत्यकाका ९५ सहित ४६८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६ हजार नाघ्यो

सुनसरी १९, बर्दिया १४, दाङ ११, कास्की ११, बाँके ११, चितवन ९, काभ्रे ९, महोत्तरी ९, खोटाङ ६, सुर्खेत ५, दोलखा ५, सिराहा ४, रौतहट ४, रामेछाप, दैलेख र पर्सामा ३/३ जना, बाग्लुङ, सप्तरी, नवलपरासीपूर्व, तनहुँ, उदयपुर र बारा, रुपन्देहीमा २/२ जना संक्रमित थपिएका छन् ।
त्यसैगरी रसुवा, सिन्धुली, तेह्रथुम, सिराहा, बझाङ, डडेल्धुरा, र्गोखा, स्याङजा, गुल्मी र उदयपुरमा १/१ जना गरी देशैभरीका जम्मा ३९ वटा प्रयोगशालामा गरिएको परीक्षणमा आज ४६८ जनामा संक्रमण पुष्टि भएको छ ।  आज थपिएका ४६८ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २६ हजार १९ पुगेको छ ।

आज १२४ जनाले कोरोना जितेर घर फर्किए
नेपालमा आज १२४ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत १२४ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।

आज १२४ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म निको हुनेको संख्या १७ हजार २०१ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितमध्ये ६६ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

कुन प्रदेशमा कति निको भए त हालसम्म ?
प्रदेश १ मा १,१०८, प्रदेश २ मा ३,५४५, बाग्मति प्रदेशमा ६४१ जना गण्डकी प्रदेशमा १,५२५, प्रदेश नं ५ मा ४,२८६, कर्णाली प्रदेशमा १,९३३ र सुदूरपश्चिम प्रदेशमा ४,१६३ जना गरी हालसम्म १७ हजार २०१ जना निको भएका छन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा २७१३ जना, प्रदेश २ मा १७००, बाग्मति प्रदेशमा १०६४ जना, गण्डकी प्रदेशमा २,९८३ जना, प्रदेश नं ५ मा २०७३ जना, कर्णाली प्रदेशमा ७६० र सुदूरपश्चिम प्रदेशमा ३१५५ गरी जम्म १४ हजार ४४८ जना विभिन्न क्वारेन्टिनमा रहेका छन् ।

कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको पुष्टि
नेपालमा आज कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको पुष्टि छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज मृत्यु भएको पुष्टि भएकामा कपिलवस्तु, पर्सा र धनुषा जिल्लाका ३ जना रहेका छन् ।

मन्त्रालयका अनुसार कपिलवस्तुको मायादेवि गाउँपालिका वडा नं ७ का ४० वर्षीय पुरुषको शनिबार (साउन ३१ गते) लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ ।

पर्साको विरगन्ज महानगरपालिका वडा नं १२ का ६० वर्षीय पुरुषको साउन ३० गते मृत्यु भएको हो । उनको नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

धनुषाको जनकनन्दनी गाउँपालिका वडा नं ४ का ५० वर्षीय एक पुरुषको पनि संक्रमणका कारण मृत्यु भएको छ ।
उनको साउन २९ गते मृत्यु भएको हो । आज थप पुष्टि भएका ३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ ।

यस्तो छ मृत्यु हुनेको प्रदेश विवरण
प्रदेश १ मा ९ पुरुष, प्रदेश २ मा ३३ पुरुष र ११ महिला गरी ४४ जना, बाग्मति प्रदेशमा १३ पुरुष र ५ महिला गरी १८ जना, गण्डकी प्रदेशमा ६ पुरुष, प्रदेश नं ५ मा १० पुरुष र ३ महिला गरी १३ जना, कर्णाली प्रदेशमा ४ पुरुष, र सुदूरपश्चिम प्रदेशमा ५ पुरुष र ३ महिला गरी ८ जनाको मृत्यु भएको हो ।  मृत्यु भएका १०२ जनामा ८० जना पुरुष र २२ जना महिला रहेका छन् ।

नेपालमा साउन ३० सम्मको कोरोना अपडेटः २५,५५१ संक्रमित, १७ हजार बढी निको र मृतकको संख्या ९९ पुग्यो

वि.सं.२०७७ साउन ३१ शनिवार १८:४५ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...