back
CTIZAN AD

आज बेलुकादेखि निषेधाज्ञा, एकहप्तासम्म यी कामहरु गर्न पाइने छैनन्

वि.सं.२०७७ भदौ ३ बुधवार

807 

shares

३ भाद्र, काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जिल्लामा आज बेलुका राती १२ बजेबाट निषेधाज्ञा जारी हुँदैछ ।

कोरोना भाइरसको महामारी यी जिल्लामा बढेको हुँदा नियन्त्रणका लागि थप प्रभावकारी बनाउन जरुरी रहेको भन्दै काठमाडौँ जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गर्न लागिएको हो ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेका संयुक्त बैठकले आज बुधबार राती १२ बजेदेखि १० गते राती १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेका थिए ।

अत्यावश्यक सेवाका बाहेक कुनै पनि सरकारी, नीजि तथा गैरसरकारी कार्यालय तथा सवारी संचालन गर्न पाइने छैन । सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिनेछ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारीद्वारा निषेधाज्ञाका बेला गर्न पाइने/नपाइने १७ बुदे सूचना जारी भएको छ ।

निषेधाज्ञाका बेला गर्न गर्न नपाइने कुराहरु :

–  अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै उद्योग, व्यापार, व्यवसाय सञ्चालन गर्न ।

– औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन ।

– अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन काठमाडौ जिल्लाभित्र प्रवेश गर्न ।

– जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्चालन गर्न ।

– कोभिड १९ को संक्रमणको जोखिम नियन्त्रण, सो को रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा खटिनु पर्ने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपने अन्य कार्यालयमा आउन जानपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धीत कार्यालय वा निकायले न्यनतम कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटोसहितको परिचयको आधारमा सञ्चालन हुने सवारी साधन बाहेकका सवारी साधनहरु सञ्चालन गर्न ।

– सवारी साधान सञ्चालनको पूर्व अनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यक वस्तु वा सेवा अन्तरगत पर्ने औषधी, खाद्यवस्तु, इन्धन – खाना पकाउने ग्याँस, तरकारी, फलफूल, दूध विद्युत, दुरसंचार, सूचना तथा संचार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, फोहरमैला व्यवस्थापन, अस्पताल जाने आउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन जस्ता अति आवश्यक सेवा बाहेकका सवारी साधन सञ्चालन गर्न ।

– कुनै पनि भेला, महोत्सव सञ्चालन गर्न, मानिसहरु भेला, जम्मा हुन, भिडभाड गर्न तथा जुलुस गर्न ।

– परम्परागत रुपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक सांस्कृतिक गतिविधिहरु संचालन तथा जमघट गर्न ।

– शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, टियुशन सेन्टर, भाषा कक्षा लगायतका जमघट हुने गतिविधिहरु सञ्चालन गर्न ।

– सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, सपिङ मल, डिपार्टमेन्टल स्टोर, मनोरञ्जनस्थल, शैलुन, – ब्युटिपार्लर, स्पा, स्वीमिङ्ग पुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्राहलय, चिडियाखाना आदि सञ्चालन गर्न ।

– फुटपाथ वा खुल्ला ठाउँ तथा ठेलागाडा वा साइलकमा संचालन हुने विभिन्न व्यापार÷व्यवसाय संचालन एवम् कवाडी संकलन गर्न ।
होटल रेष्टुँरा संचालन गर्न गराउन पाउने छैनन् ।

तर
बैंकिङ सेवा लगायत विभिन्न निकायहरुले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनुपर्नेछ । सो सम्भव नभएमा नेपाल राष्ट्र बैंकले तोकेको संख्यामा सीमित रहि आवश्यक सेवा प्रवा गर्न सक्नेछ ।

अत्यावश्यक कार्यका लागि घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग तथा न्यूनतम भौतिक दुरी कायम गर्नुपर्नेछ ।
हवाइ उडानबाट विदेश जानेहरुको हकमा पासपोर्ट, भिषा, स्वीकृत हवाई टिकट हुनेहरु सिधै एयरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गर्न सकिनेछ ।

निषेधाज्ञाको उल्लंघन गरे कारबाही
अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृतिम अभाव सिर्जना गर्ने, मूल्यबृद्धि गर्ने जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरु उपर कारबाही हनेछ ।

यस आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जोसुकै उपर प्रचलित कानुनबमोजिम कारबाही हुने सूचनामा जनाइएको छ ।

वि.सं.२०७७ भदौ ३ बुधवार १८:४७ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...