back
CTIZAN AD

नेपालमा आजसम्मको कोरोना अपडेटः २८,९३८ संक्रमित, १७,७०० निको, मृतकको संख्या १२० पुग्यो

वि.सं.२०७७ भदौ ३ बुधवार

687 

shares

३ भदौ, काठमाडौं । नेपालमा बुधबार ( ३ भदौ) सम्म पिसीआर प्रविधिबाट ५ लाख ५४ हजार ३८८ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ११ हजार ११८ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ७,९८७ जनाको उपचार भइरहेको छ भने होम आइसोलेशनमा रहनेको संख्या ३,१३१ रहेको छ ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा १३१ जना र भेन्टिलेटरमा ६ जना उपचाररत रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या १३ हजार ५७१ रहेको छ । यो संख्या केहि दिन यता बढ्दै गएको हो ।

आज थपिएका ६८१ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या हजार २८ हजार ९३८ पुगेको छ भने आज निको भएर १२० जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १७ हजार ७ सय जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथ आज थपिएका ६ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ ।

आज काठमाडौं उपत्यकाका १५९ सहित ६८१ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाण्डौं उपत्यकाका १५९ जनासहित ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार आज प्रदेश १ को ओखलढुंगामा १ महिला, झापामा १६ पुरुष, पाँचथरमा १ पुरुष, मोरङमा २८ महिला र ४१ पुरुष गरी ६९ जना, सुनसरीमा ५ महिला ३१ पुरुष गरी ३६ जना संक्रमित थपिएका छन् ।

प्रदेश २ को धनुषामा ७ महिला र २१ पुरुष गरी २८ जना, पर्सामा ३४ महिला, ७४ पुरुष गरी १०८ जना, बारामा ५ महिला र १० पुरुष गरी १५ जना, महोत्तरीमा ३ महिला र ९ पुरुष गरी १२ जना, रौतहटमा १ महिला र ३ पुरुष गरी ४ जना, सप्तरीमा १३ पुरुष, सर्लाहीमा ४ महिला र १५ पुरुष गरी १९ जना, सिराहामा ४ महिला र १५ पुरुष गरी १९ जनामा संक्रमण पुष्टि भएको छ ।

बाग्मती प्रदेशको काठमाण्डौंमा ४५ महिला र ८९ पुरुष गरी १३४ जना, चितवनमा १५ महिला र ९ पुरुष गरी २४ जना, धादिङमा १ पुरुष, भक्तपुरमा २ महिला र ६ पुरुष गरी ८ जना, ललितपुरमा ७ महिला र १० पुरुष गरी १७ जना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशको कास्कीमा ५ पुरुष, गोर्खामा १ महिला र २ पुरुष गरेर ३ जना, तनहुँमा ४ पुरुष, नवलपरासीपूर्वमा २ महिला र १० पुरुष गरी १२ जना, लम्जुङमा ३ पुरुष, कपिलवस्तुमा १ महिला र ५ पुरुष गरी ६ जना संक्रमित थपिएका छन् ।

प्रदेश नं ५ को दाङमा ३ पुरुष, नवलपरासीमा १ महिला,पाल्पामा १ पुरुष, प्युठानमा २ पुरुष, बर्दियामा २ पुरुष, बाँकेमा ८ महिला र १० पुरुष गरी १८ जना, रुपन्देहीमा ३३ महिला र २९ पुरुष गरी ६२ जना संक्रमित थपिएका छन् ।

कर्णाली प्रदेशको जुम्लामा २ महिला र ७ पुरुष गरी ९ जना, डोल्पामा १ पुरुष, दैलेखमा १ महिला र ३ पुरुष गरी ४ जना, सल्यानमा ५ महिला र १२ पुरुष गरी १७ जना, सुुर्खेतमा ७ महिला र ६ पुरुष गरी १३ जना संक्रमित थपिएका छन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा ३ पुरुष, कैलालीमा २ महिला र १ पुरुष गरी ३ जना, डोटीमा २ महिला र २ पुरुष गरी ४ जना संक्रमित थपिएसँगै पछिल्लो २४ घण्टामा ६८१ जना संक्रमित थपिएका छन् । जसमा २१६ महिला र ४६५ जना पुरुष रहेका छ ।

आज १२० जनाले कोरोना जितेर घर फर्किए
नेपालमा आज १२० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत १२० जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।

आज १२० जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म निको हुनेको संख्या १७ हजार ७०० पुगेको छ ।

कुन प्रदेशमा कति निको भए त हालसम्म ?
प्रदेश १ मा १,१४४, प्रदेश २ मा ३,७९३, बाग्मति प्रदेशमा ७२४, गण्डकी प्रदेशमा १,५६८ प्रदेश नं ५ मा ४,२९० कर्णाली प्रदेशमा ४,२९० र सुदूरपश्चिम प्रदेशमा १,९३१ जना निको भएका छन् ।

यस्तो छ आइसोलेशनमा रहनेको प्रदेश संख्या
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा १,०६०, प्रदेश २ मा २०३७, बाग्मती प्रदेशमा २,६८९, गण्डकी प्रदेशमा २८८, प्रदेश नं ५ मा ८३८, कर्णाली प्रदेशमा २४५ जना र सुदूरपश्चिम प्रदेशमा ८३० जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन् ।

यस्तो छ होम आइसोलेशनमा रहनेको संख्या
मन्त्रालयका अनुसार देशैभरी होम आइसोलेशनमा रहनेको संख्या ३,१३१ रहेको छ । जसमा प्रदेश नं १ मा २०५ जना, प्रदेश २ मा २,५४५, बाग्मति प्रदेशमा १११ जना, गण्डकी प्रदेशमा २७ जना, प्रदेश नं ५ मा २०४ जना, कर्णाली प्रदेशमा २८ जना र सुदूरपश्चिम प्रदेशमा २८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

कुन प्रदेशको क्वारेन्टिनमा कति छन् त ?

प्रदेश १ मा २,११६, प्रदेश २ मा १,४८५, बाग्मति प्रदेशमा ९४९, गण्डकी प्रदेशमा २,९०२, प्रदेश नं ५ मा २,९०२ कर्णाली प्रदेशमा ६२३ र सुदूरपश्चिम प्रदेशमा ३,५६५ जना गरी विभिन्न क्वारेन्टिनमा १३ हजार ५७१ जना रहेका छन् ।

कुन प्रदेशको आइसीयुमा कति उपचाररत छन् त ?
हाल देशभरका अस्पतालका आइसोलेशनमा ७ हजार ९८७ जना उपचाररत रहेका छन् । जसमा प्रदेश १ मा १० जना, प्रदेश २ मा ४६ जना, बाग्मति प्रदेशमा ५७ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश नं ५ मा १२ जना गरी १३१ जना विभिन्न अस्पतालका आइसीयुमा उपचाररत छन् । साथै बाग्मती प्रदेशका विभिन्न अस्पतालका भेन्टिलेटरमा ६ जना उपचाररत रहेका छन् ।

त्यसैगरी ५०० भन्दा बढी संक्रमित रहेको जिल्लामा महोत्तरी, मोरङ, पर्सा, रौतहट र काठमाण्डौं रहेका छन् भने संक्रमित शून्य रहेको जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेका छन् ।

कोरोना संक्रमणबाट आज चार महिलासहित ६ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट आज पनि ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौं र बर्दियामा १÷१ जना पुरुष, मोरङ, भक्तपुर, चितवन र सुनसरीमा १÷१ महिला गरी आज ६ जनाको मृत्यु भएको छ ।
आज थपिएका ६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा भदौ २ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ भदौ ३ बुधवार १८:४४ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...