back
CTIZAN AD

अमेरिकामा एक नेपाली युवाको मृत्यु

वि.सं.२०७७ भदौ ४ बिहीवार

822 

shares

४ भदौ, काठमाडौं । अमेरिकामा रहेका एक नेपाली युवाको मृत्यु भएको छ ।

पुख्र्यौली थलो पोखरा भइ १५ वर्षदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आएका ३९ वर्षीय अमर तामाङको उपचारका क्रममा मृत्यु भएको हो ।

क्यान्सर रोगसँग जुधिरहेका तामाङको उपचारकै क्रममा अगस्त १९ का दिन बिहान न्युर्योकको साइनाई अस्पतालमा मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले बताएका छन् ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका सक्रिय सदस्य तथा न्युर्योक च्याप्टरको उपसभापति समेत रहेका तामाङको मृत्युले जनसम्पर्क समिति अमेरिकाको सिंगो परिवार मर्माहत भएको भन्दै सभापति विष्टले दुःख व्यक्त गरेका छन् ।

‘नेपाली जनसम्पर्क समिति, अमेरिकाका सक्रिय सदस्य एवं समितिका न्युर्योक च्याप्टरको उपसभापति अमर तामाङको असामयिक निधनप्रति गहिरो शोक व्यक्त गर्दछौं,’ सभापति विष्टद्धारा जारी शोक वक्तव्यमा भनिएको छ, ‘नेपाली जनसम्पर्क समिति अमेरिकामार्फत् नेपाली कांग्रेसको संगठन विस्तार र निर्माणमा निरन्तर क्रियाशील भै काम गरेका यस परिवारका सदस्य तामाङको निधनले समितिको सिंगो परिवार अत्यन्त दुःखीत छ हामी सबै मर्माहत भएका छौं ।’

 

वि.सं.२०७७ भदौ ४ बिहीवार ०८:०३ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...