back
CTIZAN AD

यस्तो छ तपाईको आज (भदौ ४ गते) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त शुभ ?

वि.सं.२०७७ भदौ ४ बिहीवार

684 

shares

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ । समयको मागअनुसार चल्न नसक्दा चिताएको काममा विलम्ब हुन सक्छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । हल्लाको पछि लाग्दा दुःख पाइनेछ । तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ र पछि लाभ हुने काम प्रारम्भ हुनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ ।

वृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको सुझावमा भर नपर्नुहोला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला । आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह
अग्रजहरूको सहयोग जुट्नुका साथै शुभचिन्तकहरूबाट उत्साह प्राप्त हुनेछ । पराक्रमी कार्य सम्पादन गर्दै नाम र दाम कमाउने बेला छ । सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्य लाभ हुनेछ । मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ । लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । आँटेको काम सजिलै सम्पादन हुनेछ ।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । तापनि मिहिनेतले केही उपलब्धि अवश्यै दिलाउनेछ । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । लक्ष्य पहिल्याउन सकिनेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आत्मविश्वासको कमीले पछि परिनेछ । भेटघाटमा अलमलिनाले आँटेका काममा बाधा हुनेछ । तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा लिन सकिनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
छिमेकमा असमझदारी बढ्ने हुँदा होसियारीसाथ काम लिनुहोला । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ला। बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ । आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । खर्च लागे पनि यात्रा गर्ने अवसर प्राप्त हुनेछ । तर आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन् ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ । रोकिएको काम बन्नाले जिम्मेवारी समेत बढ्न सक्छ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । केही रकम सञ्चय गर्न पनि सकिनेछ ।

वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । तापनि, लगनशीलताले उपलब्धि दिलाउनेछ । काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुनेछ ।

मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ । सामान्य कामका लागि पनि दौडधुप गर्नुपर्नेछ । व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ला । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला ।

कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द
परिबन्धले केही चुनौती निम्त्याउन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। वादविवादले काम रोकिन सक्छ । केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ । व्यापारमा लाभ लिने समय भए पनि तत्काल लाभांश प्राप्त नहुन सक्छ । प्रियजनको साथले नयाँ आशा जगाउनेछ ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि
लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन् । बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।

वि.सं. २०७७ भदौ ४ बिहीवार इ.स. २०२० अगस्ट २०
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

वि.सं.२०७७ भदौ ४ बिहीवार ०८:२६ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...