back

जमैका तलैवाज ५ विकेटले विजयी, पहिलो खेलमा सन्दिपको उत्कृष्ट प्रदर्शन

वि.सं.२०७७ भदौ ४ बिहीवार

132 

shares
RBB AD
NTC AD

४ भदौँ, काठमाडौँ । सन्दिप लामिछाने आवद्ध टिम जमैका तलैवाजले २०२० को क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा विजयी सुरुवात गरेको छ । जमैका तलैवाज र सेन्ट लुसिया जुउक्स बिच भएको तेस्रो खेलमा सन्दिप लामिछाने आवद्ध टिम जमैका तलैवाज ५ विकेटले विजयी भएको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको सेन्ट लुसिया जुउक्सले आफ्नो २० ओभरमा ७ विकेट गुमाउदैँ १५८ रन बनाएको थियो । सेन्ट लुसिया जुउक्सका लागि रोस्टन चेसले सर्वाधिक ५२ रन बनाएका थिए । जमैका तलैवाजका लागि बलिङ्गमा मुजीब उर रहमानले सर्वाधिक २ विकेट लिएका थिए ।

नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले पनि आफ्नो पहिलो खेलमा उत्कुष्ट बलिङ्ग गरेका छन । उनले आफ्नो ४ ओभरमा २३ रन दिदैँ १ विकेट निकालेका थिए । उनले १४.२ ओभरमा २१ बल खेल्दैँ २५ रन बनाएका नजीबुल्लाह जदरानको विकेट निकालेका थिए ।

सेन्ट लुसिया जुउक्सले दिएको १५९ रनको लक्ष्य जमैका तलैवाजले १८.५ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । जमैकाका लागि आसिफ अलिले सर्वाधिक ४७ रन बनाएका थिए । सेन्ट लुसियाका लागि केस्रिक विलियम्सले सर्वाधिक २ विकेट लिए ।

त्यसैगरी आज बिहान गुयाना अमेजन वारियर्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोस बिच भएको सिपिएलको चौथो खेलमा गुयाना अमेजन वारियर्स ३ विकेटले विजयी भएको छ ।

वि.सं.२०७७ भदौ ४ बिहीवार ०७:५४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी, अर्को खेल कहिले हुँदै छ त ?

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी, अर्को खेल कहिले हुँदै छ त ?

काठमाडौँ । नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले...

टस हारेर बलिङको निम्तो पायो नेपालले

टस हारेर बलिङको निम्तो पायो नेपालले

काठमाडौँ । नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस जितेर...

वेस्ट इन्डिज‘ए’द्वारा नेपाललाई २०५ रनको चुनौती

वेस्ट इन्डिज‘ए’द्वारा नेपाललाई २०५ रनको चुनौती

काठमाडौँ । आजदेखि सुरु भएको टी–ट्वान्टी शृङखलाको पहिलो खेलमा वेस्ट...

नेपालले टस जितेर बलिङ गर्ने निर्णय

नेपालले टस जितेर बलिङ गर्ने निर्णय

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्धको...

भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता सुरु हुँदै

भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता सुरु हुँदै

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिजको ‘ए’...

भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता हुँदै

भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक । धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने भएको...