back
CTIZAN AD

जमैका तलैवाज ५ विकेटले विजयी, पहिलो खेलमा सन्दिपको उत्कृष्ट प्रदर्शन

वि.सं.२०७७ भदौ ४ बिहीवार

756 

shares

४ भदौँ, काठमाडौँ । सन्दिप लामिछाने आवद्ध टिम जमैका तलैवाजले २०२० को क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा विजयी सुरुवात गरेको छ । जमैका तलैवाज र सेन्ट लुसिया जुउक्स बिच भएको तेस्रो खेलमा सन्दिप लामिछाने आवद्ध टिम जमैका तलैवाज ५ विकेटले विजयी भएको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको सेन्ट लुसिया जुउक्सले आफ्नो २० ओभरमा ७ विकेट गुमाउदैँ १५८ रन बनाएको थियो । सेन्ट लुसिया जुउक्सका लागि रोस्टन चेसले सर्वाधिक ५२ रन बनाएका थिए । जमैका तलैवाजका लागि बलिङ्गमा मुजीब उर रहमानले सर्वाधिक २ विकेट लिएका थिए ।

नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले पनि आफ्नो पहिलो खेलमा उत्कुष्ट बलिङ्ग गरेका छन । उनले आफ्नो ४ ओभरमा २३ रन दिदैँ १ विकेट निकालेका थिए । उनले १४.२ ओभरमा २१ बल खेल्दैँ २५ रन बनाएका नजीबुल्लाह जदरानको विकेट निकालेका थिए ।

सेन्ट लुसिया जुउक्सले दिएको १५९ रनको लक्ष्य जमैका तलैवाजले १८.५ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । जमैकाका लागि आसिफ अलिले सर्वाधिक ४७ रन बनाएका थिए । सेन्ट लुसियाका लागि केस्रिक विलियम्सले सर्वाधिक २ विकेट लिए ।

त्यसैगरी आज बिहान गुयाना अमेजन वारियर्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोस बिच भएको सिपिएलको चौथो खेलमा गुयाना अमेजन वारियर्स ३ विकेटले विजयी भएको छ ।

वि.सं.२०७७ भदौ ४ बिहीवार ०७:५४ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...