back
CTIZAN AD

किमले बहिनीलाई किन सुम्पे महत्वपूर्ण अधिकार ? के किम कमजोर भएका हुन् ?

वि.सं.२०७७ भदौ ५ शुक्रवार

924 

shares

काठमाडौं । उत्तर कोरियाली राष्ट्रपति किम जोंग उनले आफ्नी कान्छी बहिनी किम यो जोंगलाई महत्वपूर्णं अधिकार सुम्मेका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार केहि महिनादेखि स्वास्थ्य समस्या झेलिरहेका उनले बहिनी जोंगलाई महत्वपूर्णं अधिकार सुम्मेका हुन् ।

महत्वपूर्णं अधिकार पाएसँगै किम यो जोंगले उत्तरका सबै मामिलाहरु हेर्न पाउने भएकी छिन् । हालै सम्पन्न वर्कर्स पार्टी अफ कोरियाको राष्ट्रिय भेलामा पनि उनले आफ्नी बहिनी जोंगलाई केहि अधिकार दिनेबारे प्रस्ताव राखेका थिए ।

किन अधिकार सुम्पे उनले ?

पछिल्लो विश्वव्यापी कोरोना महामारीबाट उत्तर कोरिया पनि नराम्रोसँग प्रभावित बनेको छ । आफ्नो देशमा कोरोना महामारी नदेखिएपनि बाहिरी देशसँगको सम्बन्धमा कमी आउँदा उत्तर प्रभावित बनेको हो । विश्वव्यापी कोरोना महामारी कै कारण उत्तरको अर्थव्यवस्थामा निकै नराम्रो प्रभाव परेको छ ।

अमेरिका र युरोपेली देशसँग कुटनीतिक सम्बन्ध गुमाएको उत्तरले कोरोना महामारीको कारण पनि साझेदार मुलुकसँगबाट सहयोग पाएको छैन् । चीन, रसिया, इरानलगायत देश हाल आफैं समस्यामा छन् ।

रिपोर्टअनुसार स्वास्थ्य समस्याले कमजोर बनेका राष्ट्रपति उनले कमजोर आर्थिक व्यवस्थालाई गति दिने उपाय स्वरुप पनि बहिनीलाई अधिकार सुम्पेका हुन् ।

जनाइएअनुसार आउँदै गरेको पार्टी कांग्रेसमा उत्तरले आगामी ५ वर्षको लागि आर्थिक विकासको योजनामा सपथ लिनेछ । कठिनाईका बीच उनले बहिनीलाई उत्तराधिकारीको रुपमा अगाडि सार्न खोजेका हुन् ।

उत्तर सन् १९९७ यताकै सबैभन्दा कमजोर अवस्थामा

सन् १९९७ पश्चात उत्तरको अर्थव्यवस्था अहिले सबैभन्दा बढि कमजोर अवस्थामा पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमको रिपोर्ट छ । रिपोर्टमा जनाइएअनुसार यस वर्षको गर्मीमा बढि वर्षाको कारण खाद्यान्न उत्पादनमा निकै कमी आएको थियो ।

साथै विश्वव्यापी कोरोना महामारीको कारण कुनै पनि वस्तु तथा सेवा बिक्री गर्न नपाउँदा उत्तरको अर्थव्यवस्था कमजोर बनेको हो । जनाइएअनुसार सुरक्षा क्षेत्रमा ठुलो लगानी गरेकै कारण पनि उत्तर कोरियाको अर्थतन्त्रमा केहि समस्या देखिएको छ । अमेरिकासँगको तनावको कारण उत्तरले पटक–पटक युद्धाअभ्यास गर्न हतियार उत्पादनमा लगानी बढाएको थियो । एजेन्सीको सहयोगमा

वि.सं.२०७७ भदौ ५ शुक्रवार १३:१९ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...