५ भदौ । काठमान्डौं। नेपाली गीत संगीतमा सक्रिय गायिका मेनुका राई को लोक आधुनिक गीत ‘नौ डाँडा पारी’ बजारमा आएको छ । परदेशमा धन कमाउने सपना बोकेर विदेशमा गएको आफनो प्राण प्यारो परिवारलाई केही समय आफनो साथ बाट छोड्नुपर्दाको पिडालाई गीतमा समावेश गरिएको छ ।
अम्बर सुब्वा को शब्द सिर्जना, गिरिराज निरौलाको संगीत तथा राजु कार्कीको एरेन्ज समावेश भएको छ । भावनात्मक रुपमा गीतमा प्रेमी प्रेमीका विचको माया र स्नेहलाई निकै कलात्मक र रचनात्मक शैलीमा गीतकार प्रस्तुत भएको छ । समिर राईको छायाँकन, नरोत्तम पाण्डेको सम्पादन तथा प्रियजन राईको निर्देशन भिडियोमा रहेको छ । गीतमा गायिका स्याम मेनुकाको अभिनय देख्न सकिन्छ ।
गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
वि.सं.२०७७ भदौ ५ शुक्रवार १२:३९ मा प्रकाशित



























