back
CTIZAN AD

प्रधानमन्त्री ओलीको फोटोमा ६ लाखभन्दा बढि कमेन्ट, अधिकांश कमेन्टमा गाली मात्रै

वि.सं.२०७७ भदौ ५ शुक्रवार

1.1K 

shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक फेसबुक पेजको प्रोफाइल फोटोमा ६ लाखभन्दा बढिले कमेन्ट गरेका छन् । पहिलो पटक प्रधानमन्त्री बनेको एक वर्ष पुरा भएको दिन अर्थात् २०१६ सेक्टेम्बर ११ मा राखिएको तस्बिरमा ६ लाख बढिले कमेन्ट गरेका हुन् ।

प्रधानमन्त्री ओलीको तस्बिरमा गरिएका अधिकांश कमेन्टमा निर्मला पन्तले न्याय नपाएको कुरा उल्लेख गरिएको छ । धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले फोटोको कमेन्टमा सरकार भ्रष्ट भएको र जनताले न्याय नपाएको कुरा बताएका छन् ।

कतिपयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ भनेर पनि व्यंग्य गरेका छन् । समाचार तयार गर्दै गर्दासम्म गरिएका ६ लाख १ हजारबढि कमेन्टमध्ये अधिकांश कमेन्टमा प्रधानमन्त्री ओली र उनी नेतृत्वको सरकारप्रति निकै तिखो प्रश्न गरिएको छ ।

०७५ को साउन १० मा निर्मला पन्तको बलात्कार गरि हत्या गरिएको थियो । विभत्स रुपमा गरिएको हत्याको हालसम्म पनि सरकारले हत्यारा पत्ता लगाउन सकेको छैन् ।

ओली २०७४ फागुन ३ मा दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनी निर्वाचित भएको ६ महिनापश्चात भएको उक्त विभत्स हत्याको हालसम्म पनि हत्यारा पत्ता लगाउन नसक्दा सरकारको निकै आलोचना भएको छ ।

Posted by K P Sharma Oli on Sunday, September 11, 2016

साथै प्रधानमन्त्री ओलीको दोस्रो कार्यकालमा भ्रष्टाचार र अनियमितता घटना व्याप्त देखिँदा जनता आक्रोशित भएका छन् । यसबीच अरबौंका दर्जनौं भ्रष्टाचारका काण्ड सार्वजनिक हुँदा पनि प्रधानमन्त्री ओली मुखदर्शक मात्रै बनेका छन् । जसको प्रतिक्रिया उनको तस्बिरमा आएको धेरैको बुझाई छ ।

प्रधानमन्त्री केपी शर्मा ओली संविधान जारीपश्चात भारतले लगाएको नाकाबन्दीको बीचमा २०७२ असोज २५ गते पहिलो पटक प्रधानमन्त्री पदमा निर्वाचित भएका थिए । नाकाबन्दीको बीचमा राष्ट्रियताको नारा दिँदै प्रधानमन्त्री भएका ओलीबाट आम जनताले निकै ठूलो अपेक्षा गरेका थिए । तर, दोस्रो कार्यकालको आधा समय पुरा हुँदै गर्दा पनि अपेक्षाकृत काम हुन नसक्दा आममा निराशा छाएको छ ।

वि.सं.२०७७ भदौ ५ शुक्रवार १४:२५ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...