back
CTIZAN AD

यस्तो छ क्वारेन्टाईन प्रयोगका लागि प्रकाशित होटलहरुको सूची

वि.सं.२०७७ भदौ ५ शुक्रवार

996 

shares

५ भाद्र, काठमाडौँ । सरकारले केही दिनमा विदेशबाट धेरै नेपालीहरुलाई उद्धार गरेर नेपाल ल्याउँदै छ । उनीहरु नेपाल आएलगत्तै १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने हुन्छ । आफैले खर्च गर्नसक्नेहरु होटल क्वारेन्टाइनमा बस्न सक्ने गरी व्यवस्था गरिएको छ ।

विमानस्थल हुँदै नेपाल प्रवेश गर्ने र स्वेइच्छाले होटल क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुका लागि राख्नका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँले क्वारेन्टाईन प्रयोगका लागि प्रकाशित होटलहरुको सूची बारे सार्वजनिक जानकारी गराएको छ ।

स्वेइच्छाले होटेल क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुका लागि होटल क्वारेन्टाइनमा राख्ने होटलहरु सूचिकृत गर्ने भन्ने जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार होटलहरु सूचिकृत गरिएको जनाइएको छ ।

होटलहरु सूचिकृतका लागि पर्यटन विभाग काठमाडौँले उपलब्ध गराएको टुरिष्ट स्टाण्र्डड सेवा दिने होटल देखि पाँच तारे होटलहरुको विवरण र दरसहितको जानकारी गराइएको छ ।

होटेल क्वारेन्टाइनमा बस्नेहरुले दैनिक २८ सय देखि नौ हजारसम्म तिर्नुपर्ने हुन्छ । दुई जनालाई मिलेर बस्दा १८ सय देखि ६ हजारसम्म लाग्नेछ । यति तिरेपछि बस्नका साथै बिहानको ब्रेकफास्ट, लन्स, हाइटी र बेलुकाको डिनरको व्यवस्था हुनेछ ।

पाँच तारे होटल साँग्रीला मात्र रहेको छ, जसले ७५ कोठा छुट्याएको छ । त्यस्तै चार तारे होटल ग्रयाण्ड होटलले ७० रुपमा उपलब्ध गराउने जनाएको छ ।

एक तारे होटल कमलपोखरीमा रहेको क्राउन प्लाजले ३३ कोठा, होटल शिभम प्लाजाले ३५, त्रियोग पार्कले २२ कोठा, होटल गणेश हिमालमा ३० कोठा, होटल प्रिन्स प्लाजामा २० कोठा उपलब्ध छ ।

टुरिष्ट स्टान्र्डडको सेवा दिने होटल आर्टस्, होटर रिभर होलिडे इन, होटल ओशो, पिलग्राम्स गेस्ट हाउस, न्यू होटल पाण्डा, होटल एभरेष्ट माउन्ट होलिडे, होटल फ्रेण्डली होम, चिलआउट होलिडे होटेल, होटल इन्काउन्टर, होटल नरवुलिङ्का लगायतले १२ देखि ६३ वटासम्मका कोठाहरु होटल क्वारेन्टाइनका लागि उपलब्ध गराउने भएका छन् ।

यसअघि पनि नेपाल सरकारले विदेशमा रहेका नेपालीहरुको उद्धार सुरु गरेलगत्तै होटल क्वारेन्टाइनका लागि विभिन्न होटलहरुको सूचि र दर सार्वजनिक गरेको थियो ।

तर होटल दर महँगो भएको भन्दै १५ प्रतिशत पनि होटल क्वारेन्टाइनमा बसेका थिएनन् ।  पुराना होटलहरु होटल क्वारेन्टाइनका लागि त्यक्ति इच्छुक नदेखिएको सूचिबाट पनि स्पष्ट हुन्छ ।

वि.सं.२०७७ भदौ ५ शुक्रवार १५:०७ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...