back
CTIZAN AD

सन्दिपले उत्कृष्ट प्रदर्शन गदैँ २ विकेट लिएता पनि जमैका १४ रनले पराजित

वि.सं.२०७७ भदौ ७ आइतवार

864 

shares

७ भदौँ, काठमाडौँ । । सन्दिप लामिछाने आवद्ध टिम जमैका तलैवाज सिपिएलको आफ्नो तेस्रो खेलमा गुयाना अमेजन वारियर्ससँग १४ रनले पराजित भएको छ । टस हारेर पहिले ब्याटिङ्ग गरेको गुयाना अमेजन वारियर्सले २० ओभर पनि पुरा खेल्न सकेन । गुयाना अमेजन वारियर्सले १९.१ ओभरमा १० विकेट गुमाउदैँ ११८ रन बनाएको थियो । गुयाना अमेजन वारियर्सका लागि ब्रान्डन किंगले सर्वाधिक २९ रन बनाएका थिए । जमैकाका लागि बलिङ्गमा मुजिब उर रशमानले सर्वाधिक ३ विकेट लिएका थिए ।

गुयाना अमेजन वारियर्सले दिएको ११९ रनको लक्ष्य जमैकाले पुरै २० ओभर खेल्दा पनि पुरा गर्न सकेन । जमैकाले २० ओभरमा ७ विकेट गुमाएर १०४ रनमात्र बनाउन सक्यो । जमैकाका लागि आन्द्रे आंद्रे रसले ३७ बलमा ५२ रनको विस्फोटक ब्याटिङ्ग गर्दा पनि आफ्नो टिमलाई जित दिलाउन भने सकेन्न ।

जमैका तलैवाज पराजित भएता तेस्रो खेलमा पनि सन्दिपको प्रदशर्न भने निकै राम्रो रहेको थियो । सन्दिपले आफ्नो ४ ओभरमा ८ रनमा दिएर २ विकेट लिएका थिए । उनले गुयाना अमेजन वारियर्सका कप्तान क्रिस ग्रीन र अलराउण्डर शेर्फेन रदरफोर्डको विकेट निकालेका थिए । उनले आफ्नो ४ ओभरमा १८ डटबल गरेका थिए ।

त्यसैगरि हिजो बेलुका भएको खेलमा सेन्ट लुसिया जुउक्सले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोसलाई १० रनले पराजित गरेको छ ।

वि.सं.२०७७ भदौ ७ आइतवार ०८:२१ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...