काठमाडौं । अभिनेत्री एंव निर्देशक दीपाश्री निरौलाले राजेश हमालमाथि गरेको टिप्पणीका लागि फेरि एकपटक माफी मागेकी छिन् । आफ्नो जन्मदिनको अवसरमा फेसबुक पेजमार्फत भिडियो लाईभ गर्दै उनले ठुलो गल्ती गरेको भन्दै रोएरै माफी मागेकी हुन् ।
उनले राजेश हमालमाथि गरेको टिप्पणी जीवनकै ठूलो भुल भएको बताएकी छिन् । ‘मिडियामा कसरी फेस हुने, शिष्ट सरल हुने, चलाखीपूर्ण तरिकाले कसरी उत्तर दिने भन्नेमा मेरो कमजोरी रहेछ। मैले अहिले महसुस गरे’, उनले भनेकी छन्।
उनले आफुँ नै कलाकार भएर सिनियर कलाकारको बारेमा त्यसरी टिप्पणी गर्नु गलत भएको स्वीकारेकी छिन् । फेसबुक लाईभमार्फत रुँदै उनले भनेकी छिन्, ‘मैले त्यो इन्टरभ्युमा तीन गल्ती गरेँ, पहिलो प्रकाशजीले बोलाएको अन्तर्वार्तामा बिनातयारी गएँ, दोस्रो लगातार आरोप लाग्ने खालका प्रश्न आए र मैले आफूलाई कन्ट्रोल गर्न सकिनँ र मेरो शारीरिक हाउभाउमा समस्या आयो, र तेस्रो मिडियामा मैले कूटनीतिक चलाखी देखाउन सकिनँ र एउटा कलाकार भएर अर्को कलाकारको टिप्पणी गर्न पुगें।’
अन्त्यमा अबदेखि गल्ती नदोहोर्यालउने र व्यक्तित्व विकासमा पनि समय लगाउने उल्लेख गर्दै दीपाश्रीले हमालका फ्यानसँग भनेकी छन्, ‘मेरो अभिव्यक्तिले तपाईंको मन दुखेको छ भने मलाई आफ्नै दिदीबहिनी सम्झेर माफ गरिदिनु होला।’
केही साताअघि दिपाश्रीले एक अन्तर्वातामा राजेश हमाल महानायक हो र ? भन्दै प्रश्न गरेकी थिइन्। हमालको महानायक पदवीमा प्रश्न उठाएपछि उनको कडा आलोचना भएको थियो। पुराना कलाकारहरु उनीविरुद्ध खनिएका थिए।
यस्तो छ दीपाश्रीको भिडियो
नमस्कार!
आज भाद्र ७ गते , मेरो जन्मदिन!
धेरै दिन देखि तपाइहरू बाट अलि टाढा थिए
त्यसैले केहि मनका कुरा गर्न मन लाग्यो र एउटा भिडियो बनाएकि छू !
आज गते पनि ७ ,तपाइहरू संग पनि
सातै मिनेट मागे है?Posted by Deepa Shree Niraula on Saturday, August 22, 2020
वि.सं.२०७७ भदौ ७ आइतवार १२:०८ मा प्रकाशित






























